नेपालमै रेडबुल उत्पादन

औद्योगिक घराना खेतान ग्रुपले पूर्वी नवलपरासीको १६ नम्बरमा रेडबुल उत्पादन गर्ने कारखाना संचालनमा ल्याएको छ ।अर्थमन्त्री प्रकाश शरणमहतले मंगलबार कारखानाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महतले नेपालको अर्थतन्त्रले लय समात्दै गरेको दाबी गरे । 'अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो नकारात्मक छैन । सबै पक्ष सकारात्मक हुँदै छ,' महतले भने ।

सम्बन्धित सामग्री

मेड इन नेपाल: आयात प्रतिस्थापन गर्न रेडबुल उत्पादन नेपालमै

फाटफुट आयात त पहिले पनि हुन्थ्यो, तर नेपालमा रेडबुलको संस्थागत आयात तथा बिक्री २०१० मा सुरु भएको हो । जीबी मार्केटिङले आधिकारिक रूपमा आयात र बिक्री सुरु गरेको पहिलो वर्ष नै ४/५ लाख कार्टुन आयात भएको थियो भने २०१५ मा आइपुग्दा बिक्री दोब्बर भएको थियो । अझ, २०१८ मा लगभग २४ लाख कार्टुन आयात भएको जीबी मार्केटिङको भनाइ छ ।

रेडबुल अब नेपालमै उत्पादन हुने, पूर्वी नवलपरासीमा खुल्यो कारखाना

काठमाडौं । इनर्जी ड्रिंक रेडबुलको उत्पादन नेपालमै सुरु हुने भएको छ । व्यावसायिक घराना खेतान समूहको स्वामित्वमा रहेको सरस बेभरेजले पूर्वी नवलरासीको अमरापुरीमा रेडबुलको कारखाना सञ्चालनमा ल्याएको छ । कारखानाको एक समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे । अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने जनाइएको छ । […]