पर्वत : गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार बनेका ३७७ जनाले जरिवाना रकम बुझाउनुपर्ने भएको छ।जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष पदका ३२ जना उम्मेदवारले चुनावको खर्च पेश गरेका छैनन्। निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्छ।जिल्ला निर्वाचन कार्यालयले पटक–पटक सूचना जारी गरी खर्च विवरण बुझाउन भने पनि निर्वाच