नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी करण चौधरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार आफ्नो आधिकारिक फेसबुक (सामाजिक सञ्जाल) मार्फत सूचना सम्प्रेषण गर्दै चौधरीले नाडाको भावी अध्यक्षको लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । फेसबुक स्टाटसमार्फत चौधरीले भनेका छन्, ‘नाडा अटोमोबाइल एसोसिएसन आफ नेपाल’ एक शिखर संस्था हो । जसले नेपालमा अटोमोबाइल उद्योगको सुधारको लागि काम गरिरहेको छ । जुन संस्थामा म अनवरत रुपमा एक दशकभन्दा बढी समयदेखि क्रियाशील छु ।