अर्थमन्त्री प्रकाशशरण महतले कृषिजन्य उत्पादन भारत निकासी सहज बनाउन गुणस्तर जाँच प्रयोगशाला निर्माणमा पहल भइरहेको बताएका छन् । गुणस्तरलाई बहाना बनाएर भारतले नेपाली कृषि उपजमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । विगतमा चिया, अलैंची, अदुवा जस्ता बस्तुमाथि भारतले अंकुश लाउदै आएको थियो ।