सडकको मध्य भागमा रहेका रूख कटान नहुँदा रूपन्देहीको मर्चवारस्थित चार लेन सडक अलपत्र बनेको छ । सडकको बीच र किनारमा रहेका रूख कुन निकायले कटान गर्ने भन्ने स्पष्ट नहुँदा बेलबास–बेथरी–मर्चवार सडकअन्तर्गत वनगाई–सेमरा–खैराघाट खण्ड अलपत्र परेको हो ।
चितवन । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको थियो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. रमेश पौडेलका अनुसार हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ । सडकको धेरै काम कालोपत्र (अस्फाल्ट)को छ । पूरै सडक कालोपत्र अन्तिम रुप दिन बाँकी छ । सडक सम्पन्न गर्न थप रु ४५ करोड हाराहारी खर्च हुने भन्दै सडक विभागमा बजेट माग गरिएको उनले जानकारी दिए ।
उनको भनाइमा फुटपाथ, बिबिएम, सर्भिस लेनजस्ता कामका लागि रु १५ करोड हाराहारी खर्च हुनेछ भने बाँकी कालोपत्रको काम हुनेछ । यस आर्थिक वर्षमा रु ५ करोड बजेट निकासा भएकामा दसैँअघि त्यस बराबरको बिल भुक्तानी भइसकेको छ । बजेट अभावमा काम रोकिएको उनले जानकारी दिए ।
निरन्तररुपमा बजेट निकासाका लागि पत्र पठाएसँगै विभागमा आग्रह गरिएको उनले बताए । यस सडक निर्माणका लागि पहल गर्दै आएको भरतपुर महानगरपालिकाले पनि बजेट निकासा गरेर तयारीमा जुटेको भ्रमण वर्ष २०२४ सफल पार्न सहयोग पु्र्याउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले सडक विभागका महानिर्देशक, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयका सचिवलाई पटकपटक आग्रह गरिएको बताइन् ।
उनका अनुसार सडक विभागबाट थप बजेट माग भई मन्त्रालय पठाउने तयारी भइरहेको छ । दाहालले भनिन्, “मलाई विश्वास छ, बजेट निकासा भएर काम छिटै सम्पन्न हुन्छ ।”
सडक निर्माण सम्पन्न गर्नुपर्ने समय थप गरिएको मिति यसै महिना सकिँदै छ । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सरकारले बजेट दिए तीन महिनाभित्र सबै कामसक्ने दाबी गरे ।
उनले सरकारले बजेट पर्याप्त नदिएकै कारणले द्रुतगतिमा काम गर्न नसकिएकाले ठेक्काको म्याद थपका लागि प्रक्रियासमेत अगाडि बढाएको बताए । कालोपत्रको काम धेरै भएकाले बजेट निकासा भएमा काम गर्न धेरै समय नलाग्ने उनको भनाइ छ । रु एक अर्ब २३ करोडको कूल लागतमा विस्तार गर्न लागिएको सडकको हालसम्म निर्माण कम्पनीले झण्डै रु ८० करोड रकम भुक्तानी लिइसकेको छ ।
समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रमा व्यवसायी मर्कामा परेका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले सडक विस्तारले व्यवसाय प्रभावित भएको भन्दै डिभिजन सडक कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा दबाब दिँदै आएका छन् । सडकको काम रोकिँदा यात्रु र स्थानीयले पनि सास्ती भोगेका छन् । स्थानीय र सडक हुँदै यात्रा गर्नेले धुलोको समस्या व्यहोर्नु परेको छ । रासस
रुपन्देही । निर्माण सुरु भएको ६ वर्षदेखि अलपत्र दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज भएको छ । निर्माणको ठेक्का पाएको भारतीय कम्पनीले लामो समयदेखि सडक अलपत्र पारेपछि सरकारले सम्झौता खारेज गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्झौता खारेज भएको र अब नयाँ ढंगले निर्माण प्रक्रिया अघि बढ्ने जनाएकी छन् । […]
८ फागुन, दाङ। दाङमा सडक अलपत्र छोडेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् । घोराहीको चार लेन सडक लामो समयदेखि अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । सडक नबनाएको विरोधमा कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । उनीहरुले […]
२६ माघ, दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डको चार लेन सडक नबनेको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले बिहीबार दिउँसो घोराही–तुलसीपुर सडकखण्डको नारायणपुरमा करिब आधा घण्टा सडक अवरुद्ध गरेका हुन् । चार वर्षअघि सुरु भएको उक्त सडकखण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । चार वर्षयता सडक अलपत्र हुँदा सास्ती खेप्नुपरेको […]
ठेकेदारको मनोमानीले घोराही–तुलसीपुर उपमहानगर जोड्ने चार लेन सडक अलपत्र परेको छ । दुई वर्षमा निर्माण हुनुपर्ने जिल्लाको मुख्य सडक अलपत्र बनेपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । २०७६ असारबाट निर्माण सुरु भएको यस खण्डको अहिलेसम्म ७ प्रतिशतमात्र काम भएको छ । सम्झौताअनुसार २०७८ वैशाखमा यसको निर्माण पूरा भइसक्नुपर्ने हो । सडक निर्माणका लागि निकासा भएको रकम खर्च हुन सकेको छैन ।