नेपालले चालु आर्थिक वर्षको ४५ दिनमा १४ अर्ब रुपैयाँ विदेशी सहायता लिएको छ । यसमध्ये १२ अर्ब ७५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र बाँकी अनुदान रकम छ । अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका लागि स्वीजरल्याण्ड सरकारसँग ९९ करोड १९ लाख बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता गरेको छ । यस्तै, मानव श्रोत विकास सम्बन्धमा जापान सरकारसँग ३५ करोड रुपैयाँ बराबरको अनुदान सहयता प्राप्तिको लागि सम्झौता गरिएको मन्त्रालयले जानकारी दियो ।नेपाल सरकारल