चालु आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि ८.२६ प्रतिशत

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ८.२६ प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ४.३५ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ९.१८ प्रतिशत रहेको […]