गोरखा – मुस्ताङमा तारा एअरको विमान दुर्घटना हुँदा गोरखाका एकै परिवारका चार जनाको ज्यान गएको छ । शहीद लखन गाउँपालिका ५ ताक्लुङको तीनमाने भञ्ज्याङ घर भएका ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उहाँकी श्रीमती ४८ वर्षकी रश्मी, जेठी छोरी २३ वर्षकी रोजिना र कान्छी छोरी २० वर्षकी रविनाको ज्यान गएको हो ।
सुरक्षा निकायले उनीहरूको मृत्युको औपचारिक पुष्टि गरिसकेको छैन तर विमानमा यात्रा गरिरहेका कोही पनि जीवित नरहेको जानकारी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । काठमाण्डौमा सूचना प्रविधिसम्बन्धी ...