विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

पेरिस । फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ । विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको […]

सम्बन्धित सामग्री

विमान दुर्घटना : एकै परिवारका सात जनाको मृत्युपछि गाउँ नै शोकमा

मुस्ताङको थसाङमा दुर्घटना भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मिथिला नगरपालिका–११, लोटा गाउँका एकै परिवारका सात जना उक्त विमानमा सवार थिए । दुर्घटनामा उनीहरु सबैको मृत्यु भएको हो ।पोखरा विमानस्थलबाट जोमसोमका लागि जहाज चढ्नुअघि राजन गोलेले बुबा–आमा, काका–काकी र मामा–माइजुको सामूहिक फोटो खिचेर मोबाइलका माध्यमबाट घरमा पठाएका थिए । परिवारका सबै सदस्यहरूको बीचमा उभिएका राजन भने फोटोमा निकै खुसी देखिएका थिए । वृद्ध बुबाआम

धनुषाका राजन गाेलेकाे परिवार मुक्तिनाथ दर्शन गर्नै नपाइ उतै अस्ताए

जनकपुरधाम : तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर  ११ तुल्सी पाटोका एकै परिवारका सातजना विमान दुर्घटना मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो। मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लागेका राजनकुमार गोलेका परिवार र आफन्तसहित ७ जनाको विमान दुर्घटनामा मृत्यु भएको छ।विमानमा गोलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोल