सी डिभिजन लिग : अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने

सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् ।  उपत्यकामा जारी लिगको १२औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले लिगको एक खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाउने भएको छ । विजेता र दुई टिम रेलिगेसन पर्दा बी डिभिजनमा बढुवा हुने एक टोलीको टुंगो लाग्न बाँकी छ ।  प्लानिङ ब्वाइज क्लब र आरसी ३२ फुटबल एकेडेमीमध्ये एक टिम बढुवा हुनेछ । लिगको अन्तिम दिन तीन खेल हुँदै छ । शुक्रबार ह

सम्बन्धित सामग्री

‘सी’ डिभिजन लिग बिहीबारदेखि

शहिद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि हुने भएको छ । तीन महिना चल्ने लिगमा १४ क्लबले ९१ खेल खेल्नेछन् ।

‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । छनौट खेलहरु यही असोज ६ गते बिहीबारबाट सातदोवाटोस्थित एन्फा मैदानमा हुनेछन् । प्रतियोगिता कात्तिक २४ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता टोली […]

झापा ‘सी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको ‘सी’ डिभिजन लिगको अन्तिम राउन्डको खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गर्दै झापा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको हो । झापाको जितमा […]

सी डिभिजनको एक खेल दशरथ रंगशालामा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सी डिभिजन लिग अन्तरगतको अन्तिम राउन्डको एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । शीर्ष दुईमा पुग्ने होडमा रहेका आरसी ३२ फुटबल एकेडेमी र प्लानिङ ब्वाइजले आ–आफ्ना प्रतिद्वन्द्वीसँग एकै समयमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पोर्ट्स एकेडेमी साँगा र आरी ३२ फुटबल एकेडेमीबीचको खेल […]

सी डिभिजन लिग : झापा र आरसी ३२ लाई शतप्रतिशत नतिजा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक सी डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी प्रतियोगिताका सहभागी १४ क्लबले चार चरणका खेल खेलिसक्दा मोफसलका दुई चर्चित टिम झापा फुटबल क्लब र आरसी ३२ फुटबल एकेडेमीले शतप्रतिशत जितलाई निरन्तरता दिएका छन् । लिगको चौथो चरणका कुल सात खेल हुँदा १४ गोल भएका छन् । जहाँ दुई खेलमा भने हार जितको नतिजा निस्केको छैन । समग्रका लिगको चौथो चरणका गोल संख्या कमसमेत भएका छन् । ९ वैशाखदेखि सुरु भएको लिग

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल आजबाट शुरु, उद्घाटन खेल बराबरीमा रोकियो

काठमाडौं, १० भदौ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा भएको हो । खेल २–२ को बराबरीमा रोकिएको छ । खेलको २९औं मिनेटमा जर्सी नम्बर १७ का मनीष लिम्बुले गोल गर्दा सतासीधाम स्पोर्टिङ क्लबले एक […]

'सी’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्दैछन् । यस्तै साढे तीन बजे हुने दोस्रो खेलमा सामाजिक युवा क्लब र स्वयम्भू क्लब खेल्दैछन् । दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने छन् । आउँदो २४ गतेसम्म चल्ने लिगमा १४ टिम सहभागी छन् ।

सहिद स्मारक 'सी' डिभिजन लिग आजदेखि

काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको पहिलो दिन आज दुई खेल हुँदैछन् ।  दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारी युथ क्लब र झापा एफसी खेल्ने छन् ।  यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । प्रतियोगिता आउँदो २४ गतेसम्म हुनेछ । प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा ...