दमौली। तनहुँको ब्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। रासस