ललितपुरले भोलि कोरोना संक्रमितलाई राहत रकम दिने

काठमाडौं : ललितपुर महानगरपालिकाले भोलि (बुधबार) कोरोना संक्रमित विरामीहरूलाई उपचार राहत रकम दिने भएको छ।महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै पहिलो चरणको राहत रकम प्रदान गर्ने जनाएको हो।महानगरपालिकाले ‘कोरोना संक्रमित विरामीहरूलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका,२०७८’ बमोजिम राहत प्रदान गर्ने जनाएको छ।सूचनाअनुसार बिहान ११ बजेदेखि ३ बजेसम्म वितरण हुनेछ। यसका लागि संक्रमित विरामीहरूले परिचय खुल्ने कागजातपत्र बुझाउनुपर्नेछ।

सम्बन्धित सामग्री

कोरोना पीडित परिवारलाई राहत रकम दिने लुम्बिनी प्रदेश सरकारको तयारी

बुटवल : लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहत वापत दिन बाँकी रहेको रकम उपलब्ध गराउने भएको छ। लामो समयदेखि रोकिएको कोरोना पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय भएको मुख्यमन्त्री लिला गिरीले जानकारी दिए। यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन।…

कोरोना प्रभावितलाई गाउँपालिकाको २७ लाख राहत

तनहुँ, साउन १३ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले ६ वटै वडाका कोभिड–१९ प्रभावित परिवारलाई रु २७ लाख वितरण गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारबाट प्राप्त राहत रकम वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए […]

कोरोना प्रभावितलाई गाउँपालिकाको २७ लाख राहत

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले ६ वटै वडाका कोभिड–१९ प्रभावित परिवारलाई रु २७ लाख वितरण गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकारबाट प्राप्त राहत रकम वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रका दुई सय ७० व्यक्तिलाई रु दश हजारका दरले राहत वितरण गरिनेछ । कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका र

कोरोना प्रभावित विपन्न परिवारले सरकारबाट निकासा भएको राहत पाएनन्

पर्वत – पर्वतमा झण्डै २ हजार २ सय कोरोना प्रभावित विपन्न परिवारले सरकारले निकासा गरेको राहत रकम पाउन सकेका छैनन् । कोरोना प्रभावित विपन्न परिवारका लागि झण्डै तीन महिना अघि सरकारले रकम निकासा गरेको थियो । कोरोना महामारीले प्रभावित पर्वतका २ हजार १ सय ७८ परिवारका लागि २ करोड १७ लाख ८० हजार रुपैयाँ निकासा भएको थियो । पर्वतका ७ पालिकामध्ये पैञ्यु गाउँपालिकाले लाभग्राही पहिचान गरी वितरण गरेपनि अरु पालिकाले वितरण गर्न सकेका छैनन् । पैञ्यु गाउँपालिकाले १ सय ९४ प्रभावित परिवारमध्ये १ सय ८० परिवारलाई व...

कोभिडबाट मृत्यु भएका जुम्लाका २२ परिवारलाई राहत वितरण

कोरोना संक्रमणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट उनीहरूलाई रकम उपलब्ध गराइएको हो । पहिलो चरणको कोरोना लहरमा जुम्लाले मृत्यु ब्यहोरेको थिएन । दोस्रो लहरमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘संक्रमणको तेस्रो लहरमा जुम्लाल

कर्णाली प्रदेशले दिने भयो कोरोनाबाट मृत्यु भएकालाई एक लाख राहत

काठमाडौं, माघ २८ । कर्णाली प्रदेश सरकारले कोरोना (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेशका १० जिल्लाका १ सय ७१ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । सुर्खेतका ८९, जाजरकोटका १०, दैलेखका १९, रुकुम पश्चिमका ११, सल्यानका २३, कालिकोटका ६, जुम्लाका १०, हुम्ला […]

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै

काठमाडौँ, २३ पुस। दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले त्यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना राहत रकम बाँडिरहेको हो । राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु […]

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै, कति पाइन्छ ?

दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना राहत रकम बाँडिरहेको हो ।राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु १० हजार) प्रदान गरिने छ । यो राहत कोरियामा रही एच २, एफ ४, एफ ५ र एफ ६ भिसा वाहक नेपालीसहित सबै विदेशीले पाउन सक्ने छन् । यसलाई प्राप्त गर्न उपमहा

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै

दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना राहत रकम बाँडिरहेको हो । राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु १० हजार) प्रदान गरिने छ । यो राहत कोरियामा रही एच २, एफ ४, एफ ५ र एफ ६ भिसावाहक नेपालीसहित सबै विदेशीले पाउन सक्ने छन् । यसलाई प्राप्त गर्न उपमहानगर पालिका ...

कर्णाली सरकारद्वारा कोभिडबाट मृत्यु भएकाका परिवारलाई राहत रकम दिन सुरु

सिमकोट – कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ। पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमित मध्ये ३४२ जनाको मृत्यु भइसकेको छ। मंगलबार थप एकजनाको मृत्यु […]