५ वर्षमा भित्रिएको ३७७ किलो अवैध सुन कहाँ गयो ?

पछिल्ला वर्षहरुमा सुनको अवैध आयात क्रमशः कम हुँदै गएको देखिएपनि रोकिएको भने छैन । पछिल्ला ५ वर्षमा मात्रै ३७७ किलो सुन अवैध रुपमा आयात भएको छ । यो बरामद भएको सुन हो । अवैध रुपमा भित्रिएको तर, प्रहरी, भन्सार, एयरपोर्टलगायत कसैले पनि थाहा नपाएको वा पूर्व सूचना नभएको अवस्थामा अवैध रुपमा भित्रिएको सुन बरामद हुने कुरा नै भएन । र, यसरी बरामद नभएको सुनको तथ्यांक पनि हुँदैन । कुन वर्ष कति भित्रियो अवैध सुन ?आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/०७८ सम्म आईपुग्दा ३ सय ७७ किलो सुन अवैध रुपमा भित्रिएको छ । आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ र असोजमा अवैध रुपमा सुन नेपाल भित्र्याउने व्यक्तिहरु पक्राउ परेका छन् ।आर्थिक वर्ष २०७८/०७९ को साउन र भदौ र असोजको दोस्रो हप्तासम्मका घटना हेर्दा यो वर्ष ७.५ किलो सुन बरामद भईसकेको छ । यद्यपी, असोज मसान्त सम्मको तथ्यांक आउन बाँकी छ ।तर, आर्थिक वर्ष २०७३/०७४ मा ६४ किलो, आर्थिक वर्ष २०७४/०७५ मा २ सय किलो, आर्थिक वर्ष २०७५/०७६ मा ५१ किलो र आर्थिक वर्ष २०७६/०७७ मा ३० किलो सुन बरामद भएको थियो । २०७६/०७७ मै ३३ किलो सुन काण्डका रुपमा चर्चित बनेको गोरे समूहले तस्करीमार्फत ल्याएको उक्त परिमाणको सुन अझै भेटिएको छैन ।यद्यपी, यो घटनामा मुख्य संग्लन भनिएका गोरे भनिने चूडामणी उप्रेतीको समूहले ३८ क्वीन्टल सुन अवैध रुपमा ओसारपसार गरेको छानबिन समितिको निष्कर्ष थियो । तर, अदालतले सुन काण्डमा गोरेसहित सबैलाई उन्मुक्ति दिँदै गोरेलाई भने शनम शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अवैध रुपमा सुन तस्करी हुने प्वाल हामीले टाँलिदियौँ’ भनेर दाबी गरेको वर्ष ०७७/०७८ मा मात्रै ३२ किलो अवैध सुन बरामद भएको छ ।कहाँ जान्छ बरामद भएको अवैध सुन ?बरामद भएको अवैध सुनमा पहिलो हक राष्ट्र बैंकको हुन्छ । भन्सार नियमावली २०६४ अनुसार बरामद भएको सुन यदि राष्ट्र बैंकले किन्न नचाहेमा भन्सार विभागको स्वीकृत लिई यस नियमावली बमोजिम कायम भएको मूल्यका आधारमा १ लाख रूपैयाँसम्म मूल्यको भएमा डाँक बढावढद्वारा र १ लाख रूपैयाँभन्दा बढी मूल्यको भएमा बोलपत्रको माध्यमद्वारा लिलाम गर्नुपर्ने व्यवस्था छ ।भन्सार नियमावलीको नियम ३६ को उपनियम ९ मा ‘यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जफत भई वा भन्सार कार्यालयबाट छुटाई नलगी नेपाल सरकारको हुन आएकोे सुन, चांदी, हिरा, जवाहरात, अमूल्य खनिजपदार्थ वा यसबाट वनेका गहना तथा अन्य वस्तुहरू नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएमा सो बैंकमा दाखिला गर्न पठाई प्रचलित मूल्य बमोजिम बिक्री गर्नु पर्नेछ’ भनिएको छ ।सोही उपनियममा ‘नेपाल राष्ट्र बैंकले खरिद नगरेमा वा आंशिक रूपमा मात्र खरिद गरी बाँकी रहेमा त्यस्ता वस्तुहरू विभागको स्वीकृत लिई यस नियमावली बमोजिम कायम भएको मूल्यका आधारमा एकलाख रूपैयाँसम्म मूल्यको भएमा डाँक बढावढद्वारा र एकलाख रूपैयाँभन्दा बढी मूल्यको भएमा बोलपत्रको माध्यमद्वारा यस नियमावलीबमोजिम लिलाम गर्नु पर्नेछ’ भनेर उल्लेख गरिएको छ ।वैध आयातमा कोरोनाको असरनेपालमा सुन आयातको काम वाणिज्य बैंकहरुले गर्दै आएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा ७ हजार ४५० किलो सुन आयात भएकोमा २०७६/०७७ मा भने तीन गुणाले आयात घट्यो । यो वर्ष जम्मा २ हजार ४ सय किलो सुन मात्रै भित्रियो । २०७६ चैतबाटै कोरोनाको भयावह स्थिती सिर्जना भएका कारण आर्थिक वर्ष २०७६/०७७ मा सुनको आयात घट्यो । त्यसपछि आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ९ सय किलो सुन आयात भएको छ । यो सुन बिक्रि भईसकेको छ ।हाल बैंकहरुले दैनिक २० किलो सुन आयात गर्ने अनुमति पाएका छन् ।

सम्बन्धित सामग्री

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काभ्रे, बनेपा नगरपालिका-७ वकुटोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुते अवैध सुन, चाँदी र नगदसहित पक्राउ परेका छन् । सचिनले आफ्नो कोठामा अवैध रूपमा सुन तथा चाँदी गाली बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो । उनको कोठाबाट …

त्रिभुवन विमानस्थलबाट बरामद भएको अवैध सुन अब के हुन्छ ?

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक्षण प्रक्रिया भने सुरु गरिसकेको छैन । पछिल्ला वर्षका अवैध सुन बरामद भएका घटना […]

विमानस्थलबाट सात महिनामा चार क्विन्टल ८० किलो अवैध सुन बरामद

काठमाडौं, साउन २ । त्रिभुवन विमानस्थल भन्सारले गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुको साथबाट ७ महिनामा ४८० किलो अवैध सुन बरामद गरेको छ। विमानस्थल भन्सारले आर्थिक वर्ष २०७८र७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो। भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व […]

सिइओ रेग्मीले तिरेका थिए अवैध सुन ल्याउँदा १ लाख ४० हजार जरिवाना

काठमाडौँ- नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीले विमानस्थलमा रहेको भन्सारबाट नियमविपरीत अवैध सुन भित्र्याउँदा १ लाख ४० हजार रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपरेको भन्सार कार्यालयले नै खुलाएको छ। उनले ३० ग्राम अवैध सुन भित्र्याउन खोज्दा अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारले जफत गरेको थियो भने सोबापत उनले १ लाख ४० हजार रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपरेको थियो। अवैध मदिरा ल्याउँदा […]

पर्यटन बोर्डका सिइओ रेग्मीले अवैध सुन ल्याउँदा जरिवाना तिरेको खुलासा

काठमाडौं : भन्सारमा रक्सी काण्ड मच्चाउँदा छानबिनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले अवैध सुन काण्डमा पनि जरिवाना तिरेको खुलेको छ।रेग्मीले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा रक्सी काण्ड मच्चाएको घटना गत कार्तिक २० गतको हो भने अवैध सुन काण्ड चार वर्ष अघि ०७४ पुस ७ गतेको हो। बेलायतबाट फर्किंदा रेग्मीले अवैध रुपमा ल्याएको ३० ग्राम सुन त्रिभुवन भन्सार कार्यालयले जफत गरेर मुद्दा चलाएको खुलेको छ।भन्सार कार्यालयले अवैध सुन जफत गरी बिगो बराबरको एक लाख ४०

अवैध सुन र नगदसहित दुईजना पक्राउ

सिराहाको लहान नगपालिका -७ स्थित बजार क्षेत्रबाट प्रहरीले अवैध सुन र नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको...

अवैध सुन र नगदसहित तीन जना पक्राउ

प्रहरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई पक्राउ गरेको छ ।  अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमेरलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई ब

एक वर्षमा २७ करोडभन्दा बढीको अवैध सुन बरामद

काठमाडौं।कोरोना महामारीको समयमा अवैध सुनको कारोबार बढेको छ।प्रहरीकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १५ लाख ९१हजार ६०८रुपैयाँको अवैध सुन बरामद भएको छ।यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बरामद गरिएकोभन्दा ३३.७५ प्रतिशत बढी हो।आर्थिक वर्ष २०७६÷७७ मा प्रहरीले २०करोड३०लाख ५१हजार१३२रुपैयाँको अवैध सून बरामद गरेको थियो। आर्थिक वर्ष २०७५÷७६ मा २३करोड५५लाख४१हजार८४१ रुपैयाँको अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ।

घरमा अवैध सुन र १७ लाख बढी रकम राख्ने एक जना पक्राउ

डाेटी / जिल्ला प्रहरी कार्यालय डोटीले केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीकाअनुसार छोराले भारतबाट चोरी गरी ल्याएको सुन र नगद घरमा लुकाएर राख्ने काली भुललाई पक्राउ गरिएकाे हाे । उनकाे घरमा खानतलासी गरी एक किलो १०० ग्राम सुन तथा... The post घरमा अवैध सुन र १७ लाख बढी रकम राख्ने एक जना पक्राउ appeared first on Purbeli News.