महोत्तरी– महोत्तरी बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आइसियू (सघन उपचार कक्ष) सेवा सञ्चालन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने भएपछि बर्दिबास अस्पतालमा सो सेवा विस्तार गर्न लागेको हो । पछिल्ला दिनमा सर्पदंशका गम्भीर प्रकृतिका बिरामी सघन उपचार सेवा नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ । ‘हामीले […]