तिहारपछि खुलेको पहिलो दिनको सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर कुल ६९ करोड ७३ लाख रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक १६.३९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १८७४ अंकमा कायम भएको छ । कुल ११० कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने १० को स्थिर रह्यो ।