साउनको अन्तिम हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाण्डाै - यातायात व्यवस्था विभागले यही महिनाको अन्तिम हप्तादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले यसबारे छलफल भइरहेको र छिटै निर्णय हुने जानकारी दिनुभयो । गएको वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुरिरहँदा कोरोनाको सङ्क्रमण बढेपछि फेरि ट्रायल परीक्षा बन्द गरिएको ...

सम्बन्धित सामग्री

आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल खोल्ने तयारी

काठमाडौं (अस) । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिशपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो । सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो । विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश गर्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए । ‘सीसीएमसी ट्रायल खोल्न सकारात्मक रहेकोमा हामीले त्यसअनुसार मापदण्ड पनि बनाएका छौं,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर आगामी सातादेखि ट्रायल खोल्ने तयारी थाल्न यातायात कार्यालयलाई पनि भनिसकेका छौं ।’ सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले सीसीएमसी ट्रायल खोल्ने विपक्षमा पहिले पनि नभएको भन्दै यसका लागि विभागलाई स्वास्थ्य मापदण्ड बनाएर पठाउन भनिएको बताए । ‘सीसीएमसी ट्रायल खोल्नुपर्छ भन्ने पक्षमै छ, तर भीडभाड हुने भएकाले कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भनेर हामीले योजना मागेका छौं,’ उनले भने, ‘विभागले मापदण्ड अपनाएर योजना बनाए अनुमति दिन्छौं ।’ विभागले साउन अन्तिम सातादेखि नै ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । कार्यालयहरू पनि त्यसअनुसार तयार भएरै बसेकाले सीसीएमसीको निर्णयलगत्तै ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए ।

लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाडौं, भदौ १ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम […]

लाइसेन्सको ट्रायल खुलाउने तयारी

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । सीसीएमसीले निर

सवारी चालक लाइसेन्सको ट्रायल साउन अन्त्यदेखि खुल्ने

काठमाडौं । कोरोनाभाइरस महामारीले बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल साउन अन्त्यदेखि खुल्ने भएको छ । मातहतका कार्यालयसँगको छलफलपछि ट्रायल खुला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने, ‘निषेधाज्ञा पूर्ण रुपमा नखुलेको हुँदा ट्रायल खुलाउन नसकिने यातायात कार्यालयहरुले बताएका थिए । हामी साउन अन्तिम साता सूचना निकाल्छौं, त्यसका लागि तयारी भइरहेको […]

अब लाइसेन्सको ट्रायल खुल्ने

सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।पछिल्लोपटक

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो । विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने […] The post लाइसेन्स ट्रायल खुलाउने तयारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सवारी लाइसेन्सको 'ट्रायल' खुलाउने तयारी, परीक्षामा सुधारिएको प्रणाली लागु होला?

काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द गरिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल चालु महिनाको अन्तिम साताबाट खुल्ने भएको छ।