नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिएका छन्। शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले दाहाल र नेपाल एमालेलाई ढाल्नका लागि काँग्रेसको बिँड बनेको बताएका हुन्। त्यस्तै ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुवा भएको आरोप लगाउँदै सतर्क रहन समेत आग्रह गरेका छन्।