मोरङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु प्रदेश नं १ कमिटीद्वारा शुक्रबार यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको प्रष्ट पारे।अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्न, मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे। उनल