काबुलमा स्कुलनजिक बम हमला, २५ को मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भेगमा शनिबार भएको बम हमलामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। स्कुलनजिक भएको हमलाबाट मृत्यु हुनेमा केही युवा विद्यार्थी पनि परेको अफगान सरकारका प्रवक्ताले जानकारी दिएका छन्। बम हमला भएको स्थानमा उद्दारका लागि पुगेको एम्बुलेन्स र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण भएको छ। आक्रमणमा ५० जना घाइते भएका छन्। प्रवक्ताका अनुसार मृतकको संख्या बढ्न सक्नेछ।

सम्बन्धित सामग्री

सोमालियामा आत्मघाती कार बम विस्फोट : चारजना सैनिकको मृत्यु

एजेन्सी – दक्षिणी सोमालियामा मङ्गलबार भएको आत्मघाती आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु हुनाका साथै क्षेत्रीय गभर्नरसहित नौ जना घाइते भएका छन् । बर्धेरे जिल्ला आयुक्त मोहम्मद वली युसुफले फोनमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार अल–शबाब आतङ्ककारीहरूले गेदो क्षेत्रको बर्धेरे सहरमा रहेको क्षेत्रीय अतिथि गृहमा आत्मघाती कार बम हमला गरेको बताएका छन् । विस्फोटक पदार्थले भरिएको गाडीमा आएका […]

होटलमा कार बम हमला हुँदा ९ जनाको मृत्यु

एजेन्सी । माली सहर किस्मायुको एउटा होटलमा कार बम र गोलीबारीमा नौ जनाको मृत्यु भएको छ । सुरक्षा बलले होटलमा घेराबन्दी अन्त्य गर्नुअघि आक्रमणकारीहरूलाई मारेको क्षेत्रीय अधिकारीले बताए। बन्दरगाह सहरको तवाकल होटलको गेटमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किएपछि गोली चलेको थियो । अलकायदासँग सम्बन्धित अल शबाब लडाकु समूहले आक्रमण गरेको बताएको छ ।

काबुलमा विस्फोट हुँदा १९ जनाको मृत्यु, अधिकांश महिला र विद्यार्थी

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् । सहरको पश्चिममा रहेको दस्त-ए-बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए । […]

काबुल विस्फोटमा परीक्षार्थीसहित १९ जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शी छन्। सहरको पश्चिममा रहेको दस्त–ए–बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन्। बम हमला हुँदा विद्यार्थीले परीक्षा दिइरहेका थिए। आक्रमणको कुनै समूहले लिएको […]

अफगानिस्तानमा आत्मघाती बम विस्फोट १९ को मृत्यु

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो। अल्पसंख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्र, अफगानिस्तानको सबैभन्दा घातक आक्रमण लक्षित गरिएको पाइएको छ।विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो। दुर्भाग्यवश, १९ जना मारिएका छन् र अन्य २७ जना घाइते भएका काबु

काबुलकाे शिक्षा केन्द्रमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।  पश्चिमी काबुलको दश्त–ए–बर्ची नजिक विष्फोट भएको प्रहरीले जनाएको छ।  अल्पसङ्ख्यक हजारा...

अफगानिस्तानमा बसमा बम हमला, सात जनाको मृत्यु

अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ ।

अफगानिस्तानको मस्जिदमा बम हमला, कम्तिमा १०० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी व्यक्ति घाइते भएका छन् । मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति भएको जनाइएको छ । मस्जिदमा त्यतिबेला ३०० बढी व्यक्ति भेला भएका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो । अल्पसंख्यक शिया समुदायको सैय्यद अबद मस्जिदभित्र घटना भएको छ ।

अफगानिस्तानमा स्कुललाई लक्षित गर्दै बम हमला, ४० को मृत्यु, २५ घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल नजिकै शनिबार बम विस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको गर्ल्स स्कुललाई लक्षित गरी बम विस्फोट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । स्कुलबाट छात्राहरु निस्किरहेको समयमा सुरुमा कार […]

काबुलमा शृंखलाबद्ध बम हमला, दुई जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ। प्रहरीका अनुसार बम आक्रमणबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ।उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधन लक्षित थियो। प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो विस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिएका छन्।अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उनले उल्लेख गरेका छन्।तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको