काठमाडौँ – नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ। होलीको अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा आयोजना हुने नेपाल महिला रेस्लिङ फाउन्डेसनले जनाएको छ। रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको सहभागिता रहने छ। आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका)ले विभिन्न देशबाट सहभागीहरु आउन लागेको जानकारी गराइन्। […]