झापामा कोरोना खोपको पूर्ण डोज पाउने नागरिकको संख्या २२ हजार

झापा – झापामा २२ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन्। स्वास्थ्य कार्यालय झापाले दिएको तथ्यांक अनुसार ८ हजार ५ सय जनाले कोभिसिल्ड खोपको दुवै डोज पाएका छन् भने भेरोसेल खोपको दुवै डोज पाउने १३ हजार ५ जना रहेका छन्। कोभिसिल्ड खोप कार्यक्रम सञ्चालनका बेला स्वास्थ्यकर्मी, केही पत्रकार तथा केही सरकारी कर्मचारीले लगाएका थिए। माघ […]

सम्बन्धित सामग्री

चीनमा पछिल्लो २४ घण्टामा थप २२ हजारमा काेरोना पुष्टि, ३९ जनाको मृत्यु

काठमाडौं । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा काेरोना संक्रमण पुष्टि भएकाे छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । वृद्धवृद्धा र खोप नलागाएको ठूलो जनसंख्या कोरोनाको जोखिममा रहेको चीनको स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीतामाथि पनि […]

कोरोना विरुद्धको खोपमा ठूलो सफलता : विश्व स्वास्थ्य सङ्गठनले दियो बधाई

नेपालले  लक्षित जनसङ्ख्याको ७०.७  प्रतिशतले कोभिड –१९ विरुद्धको खोपको पूर्ण  मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका  अनुसार बिहीबारसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनामध्ये कम्तीमा एक मात्रा खोप लगाउने ८६.९ प्रतिशत र पूर्ण मात्रा लगाउने ७०.७ प्रतिशत पुगेका छन् ।यस्तै कुल जनसङ्ख्या दुई करोड ९१  लाख ९२ हजार ४८० मध्ये ६८.४ प्रतिशतले कम्तीमा एक मा

थपिए ७३४ जना कोरोना संक्रमित, १४१३ जना संक्रमणमुक्त

असोज ३, काठमाडौं । नेपालमा विगत २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरसको संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार सो अवधिमा ७ हजार ३०४ ओटा पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ ओटा एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा  कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ४० जनाको  मृत्यु भएको छ । हाल मुलुकभर कोरोनाका २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आईसोलेशनमा र १ हजार ४४९ जना संस्थागत आईसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले बताएको छ । विगत २४ घण्टाको अवधिमा थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । त्यसैगरी  हालसम्म नेपालमा ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।   यसैबीच  सो अवधिमा कोरोनाविरुद्धको २१ हजार ३६० मात्रा खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५५ लाख ७८ हजार ८६५ र एक मात्रा लगाउनेको संख्या ६२ लाख ३ हजार ३१६ पुगेको छ ।

नेपालमा कोरोनाको पहिलो वा दुवै डोज खोप लगाउनेको संख्या साढे लाख ७२ नाघ्यो

काठमाडौं।नेपालमा कोरोना खोपको पहिलो वा दुवै डोज लगाउनेको संख्या साढे ७२ लाख नाघेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा ७२ लाख ६३ हजार ७०२ जनाले कोरोनाको पहिला वा दुवै डोज खोप लिइसकेका छन्।हालसम्म ४५ लाख ४१ हजार ६८२ जनाले पहिलो डोज खोप मात्र लगाएका छन् भने २७ लाख २२ हजार २०जनाले पहिलो र दोस्रो दुवै डोज खोप लगाइसकेका छन्।

कोरोनाविरुद्धको खोप उत्पादन (सम्पादकीय)

नेपाली काँग्रेसको नेतृत्वको वर्तमान संयुक्त सरकारले आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ । निःशुल्क खोप लगाउनेदेखि खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्नेलगायतका कार्यक्रम समावेश गरेको छ । कोरोना महामारीबाट मुक्त हुन खोप पहिलो सर्त भएकाले स्वदेशमै खोप उत्पादन गर्नु आवश्यक भए पनि यो त्यति सहज भने छैन । कुल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात् करिब सवा दुई करोड व्यक्तिलाई कोरोनाविरुद्धको खोप आवश्यक पर्छ । मङ्गलबारसम्ममा २७ लाख २२ हजार २० जनाले पूर्ण खोप लगाइसकेका छन् । खोपको उपलब्धता बढ्दै गएकाले आशा बढाएको छ । सरकारले आगामी दुई महिनामा एकतिहाइ र सात महिनाभित्रै सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ ।

कोरोना संक्रमित बढ्दा भारतमा अक्सिजनको चरम अभाव

वैशाख ५, नयाँदिल्ली । कोरोना महामारीको दोस्रो लहर शुरु भएलगत्तै संक्रमितसँगै मृत्यु हुने संख्या बढेपछि भारतको मेडिकल सुविधा यतिखेर असमन्जसमा परेको छ ।   नयाँदिल्ली लगायत भारतका कैयन शहरमा यतिखेर अक्सिजन ग्यासको अभाव भएको छ । कोरोना संक्रमितको संख्यामा अप्रत्याशित बढोत्तरी भएपछि त्यहाँका सरकारी तथा निजी अस्पतालहरुले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेका छन् ।   चरम अभावकै समयमा त्यहाँ अहिले विलेरी अक्सिजन कम्पनी प्रालि(बीओसी) यतिखेर सवैको तारो भइरहेको छ ।कम्पनीले पर्याप्त मात्रामा अक्सिजन ग्यास उत्पादन गर्न नसकेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारीसमेत रुष्ट बनेका छन् । जसले विभिन्न अस्पतालहरुलाई अक्सिजन तथा कम्पनीलाई औद्योगिक ग्यास उत्पादन गरी वितरण गर्दै आएको छ ।   विगत तीन महीनामा उक्त कम्पनीको शेयर मूल्य दोब्बरले बढेको भारतीय टेलिभिजन च्यानलहरुले बताएका छन् । कम्पनीले भारतका विभिन्न अस्पतालमा प्रतिदिन २०० टन मेडिकल अक्सिजन वितरण गर्ने गरेको छ । भारतका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरुलाई अक्सिजन अभाव हुँदा मृत्यु हुने जोखिम बढेको बीबीसीले बताएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले भेन्टिलेटरमा राख्नुपर्ने भन्दा पनि सङ्क्रमितलाई अक्सिजनको अभाव धेरै हुने हुँदा अक्सिजन उत्पादनका लागि विभिन्न उद्योगहरुलाई पूर्ण  क्षमतामा उत्पादन गर्न निर्देशन दिइएको बताएको छ । यसैवीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार आयोजित पत्रकार सम्मेलनमा दिल्लीमा कोरोना संक्रमितका लागि १०० ओटाभन्दा कम आईसीयू  कक्ष खाली रहेको बताएका छन् । उनले संक्रमितको उपचारलाई ध्यानमा राख्दै आईसीयू बेड थप गर्ने बारेमा सोचविचार गरिरहेको पनि बताएका छन् ।पछिल्लो २४ घण्टामा दिल्लीमा २४ हजार ३७५ जना नयाँ संक्रमितहरु थपिएका छन् । अवको दुई तीन दिनमा ६ हजार अक्सिजन युक्त कक्ष निर्माण गर्ने तयारी भइरहेको पनि उनले बताए । भारतमा शनिवार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले बताएको छ ।  अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सीलले उल्लेख गरेको छ ।      कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।      भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले बताएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको छ ।एजेन्सी