ऊर्जा उत्पादन सँगसँगै प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर छ: इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन २०२४ अन्तर्गत ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना र यात्रा’ विषयक सेसनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा पनि महत्वपूर्ण […]

सम्बन्धित सामग्री

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् ।नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । ‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले […]

प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको अवसर : इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन २०२४ अन्तर्गत 'नेपालमा नविकरणीय ऊर्जाको सम्भावना र यात्रा' विषयक सेसनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै निजी क्षेत्रले आन्तरिक र अन्तरदेशिय प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पनि बताए ।

नेपालमा लगानीका प्रशस्त अवसरहरु छन्: अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा  लगानीको प्रशस्त अवसर रहेको बताएकी छिन्।

चिनियाँ लगानी बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग मंगलबार गरेको भेटका क्रममा नेपालमा लगानीको अवसर रहेकाले लगानी गर्न आग्रह गरेका छन्।...

आरकेडी होल्डिङ्सले आईपीओ जारी गर्ने

आरकेडी होल्डिङ्गस कम्पनी लिमिटेडले पनि आईपीओ निस्कासन गर्ने भएको छ । कम्पनीको छैठौं साधारणसभाले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पुँजी वृद्धि गर्ने तथा स्थानीय तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आईपीओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, […]

आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

पर्वत, २८ चैत । आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका […]

विदेशी लगानीकर्तालाई पर्याप्त अवसर : अध्यक्ष गोल्छा

असार २५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यवसायिक मञ्चको भर्चुअल बैठकलाई बिहीवार संवोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका छन् ।  अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढीसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।  अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गर्दै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको बताए ।  हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करीब एक अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवर्द्धन केन्द्रका अनुसार गतवर्ष फ्रान्ससँगको व्यापार घाटा करीब साढे ८ अर्ब रुपैयाँ छ ।  नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौं स्थित फान्सली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, रेमिमिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रमलाई संवोधन गर्दै नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिए । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उनीहरूको विश्वास थियो ।  मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउँदै  भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको जानकारी गराए ।   महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए । नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे । पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवर्द्धनमा पनि आकर्षण गर्नुपर्ने सुझाव उनको थियो । बैंकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उनले स्पष्ट पारे ।

नेपालमा लगानीको पर्याप्त अवसर : अध्यक्ष गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा पर्याप्त लगानीको अवसर रहेको बताएका छन्। नेपाल–फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकमा बोल्दै उलने नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढेकाले पूर्वाधार, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन र कृषि प्रशोधनमा विदेशी लगानीको सम्भावना रहेकाले फ्रान्सेली लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्न सक्ने बताए।

‘लगानीको स्वर्णिम अवसर छ’

सरकारले लगानीको वातावरण तयार पार्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाइरहेका बेला सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । लगानी सम्मेलनको समापन समाहोरमा शनिबार नेकपा अध्यक्ष दाहालले नेपालमा लगानी गर्न कुनै समस्या नभएको उल्लेख गर्दै लगानीको वातावरण तयार पार्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ६ सयभन्दा बढी विदेशी लगानीकर्तालाई साक्षी राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, “नेपालमा लगानीको वातावरण बनेको छ, ढुक्क भएर लगानी गर्नुस् तपाइँहरूले खोजेको वातावरण तयार गर्न सरकारले कुनै कसुर बाँकी राख्ने छैन ।”