काठमाडौं। सातामा दुई दिन चल्ने नेपाल-भारत उडानबाट पीसीआर नतिजा पोजिटिभ भएका यात्रु नेपाल ल्याएमा सबै खर्च एयरलाइन्सले ब्यहोर्नु पर्ने भएको छ। संक्रमण भएको रिर्पोट हुँदाहुँदै बोर्डिङ पास दिएर नेपाल ल्याएमा उडानमा रहेका सबै यात्रुको क्वारेन्टाइन खर्च सोही एयरलाइन्सलाई ब्यहोराइने बताइएको छ। सरकारले हवाई उडानमार्फत संक्रमित नेपाल नआउन भनेर यस्तो निर्णय गरेको हो।