प्रेम, शालीनता र सौन्दर्यको मिश्रित कोलाज हुन्– मणि लामाका तस्बिर । उनका तस्बिरमा समाजको समकालीन इतिहास भेटिन्छ र देखिन्छ– नेपाली प्रकृति । गएको सोमबार (१९ अगस्ट) विश्व फोटोग्राफी दिवस मनाइयो । त्यही साइतमा तस्बिरबाटै अन्तर्राष्ट्रिय पहिचान बनाएका ख्यातनामा फोटोग्राफर मणि लामाको फोटो–यात्रा पछ्याएका छौं :