नागरिकता विवादमा दोषी ठहर भएपछि पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट फेरि दोहोरिने प्रयासमा छन् । तर, यसपटक उनलाई रोक्न नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन क्षेत्रको भूगोल बुझेका र पार्टीको जिल्ला नेतृत्वमा रहेर संगठन बनाएका नेताहरूलाई उम्मेदवार बनाएका छन् ।