झापामा यस वर्ष बढ्यो धानको उत्पादकत्व, ८६ हजार हेक्टरमा भएको थियो रोपाइँ

बनियानी : झापामा वर्षे धानको उत्पादकत्व बढेको छ। गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।  यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए। आर्थिक वर्ष २०७७/०७८ र आव २०७८/०७९…

सम्बन्धित सामग्री

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो उत्पादनमा असर पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । रोपाइँ ढिलाइ हुनु र खेतबारी आसपासका क्षेत्रमा बढेको जङ्गलको ओसले पनि धान र कोदोको उत्पादन घट्नु

धान उत्पादन घट्नुको अर्थ

राम्रो वर्षा भए पनि र रोपाइँ राम्रो भएको भनिए पनि यस वर्ष नेपालमा धानको उत्पादन ८ दशमलव ७४ प्रतिशत घटेको छ । समग्र जीडीपीमा कृषिक्षेत्रको योगदान करीब २५ प्रतिशत रहेको मानिन्छ । कृषिमा धेरै अंश ओगट्ने धान नै हो । त्यसैले धानको उत्पादन घट्नु चिन्ताको विषय हो । नेपालमा धानको उत्पादन र उत्पादकत्व दुवै बढाउने खालका प्रभावकारी कार्यक्रम आवश्यक देखिन्छ । तर, सरकारले अव्यावहारिक नीति लिएका कारण खेती गर्ने क्रम नै घटिरहेको छ । नेपालमा धानखेती हुने क्षेत्रफल घट्दो छ भने उत्पादकत्वचाहिँ बढ्दो क्रममा नै रहेको देखिन्छ । शहरीकरण र वैदेशिक रोजगारीका कारण धेरै मलिला फाँटहरूमा घाँस उम्रिरहेको देखिन्छ । खेती गर्ने क्रम मात्र घटेको होइन पशुपालन पनि घटेकाले कृषिको उत्पादन घटेको देखिन्छ । नेपालमा उन्नत जातको बीउको प्रयोग तथा रासायनिक मल आदिका उपयोगका कारण धानको उत्पादकत्व बढे पनि धानचामलको आयात भने बढ्दो छ । यातायातको पहुँच, बढ्दो आर्थिक स्तरलगायत कारण मानिसहरूले गहुँ, मकै, आदि खाद्यान्न छाडेर भात खानतिर लाग्दा पनि धानचामलको आयात बढेको हो । त्यसैले नेपालका धानको उत्पादन र उत्पादकत्व दुवै बढाउने खालका प्रभावकारी कार्यक्रम आवश्यक देखिन्छ । तर, सरकारले अव्यावहारिक नीति लिएका कारण खेती गर्ने क्रम नै घटिरहेको छ । यस वर्ष धानको उत्पादन बढ्ने र त्यसको प्रभावले जीडीपी नै राम्रो हुने सरकारको आकलन थियो । कोरोनाका कारण मानिसहरू वैदेशिक रोजगारीमा जान नपाएको लगायत कारण यस वर्ष बढी क्षेत्रफलमा धानखेती भएको सरकारको अनुमान थियो । तर, धानमा चामल पसाउने बेला आवश्यक पर्ने मलको प्रबन्ध गरिदिन सकेन । साथै, अनपेक्षित रूपमा बढी वर्षा भई आएको बाढीले काटिएको धान पानीमा भिजेर बिग्रियो । त्यसैको परिणति धान उत्पादन घटेको देखिन्छ । नेपालले मौसम भविष्यवाणी गर्न पछिल्लो समय राम्रै सफलता पाएको देखिन्छ । तर, मौसम भविष्यवाणी गर्न सक्ने क्षमता भएर पनि समयमै सही तरीकाले सूचना दिन नसक्दा किसानले काटेको धान क्षति हुन पुगेको देखिन्छ । वर्षा हुन्छ भन्ने थाहा पाएर पनि कत्तिको ठूलो हुन्छ र धान काट्न उपयुक्त हुन्छ कि हुँदैन भनेर मौसमको भविष्यवाणीसँगै जानकारी दिन नसक्दा बढी क्षति पुगेको देखिन्छ । त्यस्तै काटिसकेको धान वर्षा भएमा जोगाउन सकिने प्रविधि नभएको होइन । तर, किसानहरूलाई सिकाउन सकिएन । धान सुकाउन राख्ने बलोमा धान झुन्ड्याएर राख्न सकिने सजिलो तरीका छ तर यति सामान्य जानकारी पनि समयमा दिन नसक्दा ठूलो क्षति बेहोर्नुपर्‍यो । खेतमा डुबेको धान मुठा बनाएर ओत लाग्ने ठाउँसम्म ल्याउन सक्ने अवस्था भएन । यो वर्ष बाढीले बालीमा क्षति पुर्‍यो तर अर्को वर्ष धानखेती नै घट्न सक्ने सम्भावना देखिन्छ । युवा वैदेशिक रोजगारीमा जान थालेकाले अर्को वर्ष धानखेतीको क्षेत्रफल घट्ने निश्चितप्रायः नै छ, जुन विगतका वर्षहरूमा देखिँदै आएको थियो । यसलाई रोक्ने हो भने कृषि पेशालाई आकर्षक बनाउन आवश्यक छ । बजारप्रणाली भुक्तानी संकलन गर्ने प्रणाली, यान्त्रीकरणमा सहजीकरणजस्ता कुरामा सुधार ल्याएर कृषितर्फ आकर्षित गर्न सकिन्छ । धानखेती गर्दा कृषकहरूलाई नोक्सान भयो । उसले तुरुन्तै त्यही जमीनमा केही खेती गर्न सकेको भए धान बालीमा गुमेको अवसरको क्षतिपूर्ति केही मात्रामा पाउन सक्थ्यो तर त्यस्तो हुन सकेन । यस्तो सुझाव कतैबाट पनि दिइएन । कृषिबीमा पनि प्रभावकारी छैन । यसरी क्षति भोगेका किसानलाई सरकारले राहत दिने भनेर तथ्यांक संकलन गरे पनि अहिलेसम्म उपलब्ध गराएको पाइन्न । यस्तो अवस्थामा कसरी युवालाई कृषितर्फ आकर्षित गर्न सकिन्छ र ? कृषिक्षेत्रको विकासका लागि सरकारले दर्जर्नौं कार्यक्रम र योजनाहरू बनाएको छ । तर, तिनले किसानले भोग्नुपरिरहेका समस्या सम्बोधन गर्न नसक्दा नै खेतीलाई पेशा बनाउन मानिसको संख्या घटेको छ र जमीन बाँझो रहन थालेको छ । यो प्रवृत्ति रोक्न सहज कृषि औजार र भरपर्दो बजार व्यवस्था आवश्यक हुन्छ ।

धानको उत्पादकत्व बढाउन ध्यान देऊ

‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर असार १५ गते नेपालमा १८औं राष्ट्रिय धान दिवस मनाइयो । देशैभर धान दिवस मनाइएका रंगीन चित्रहरुमा राजनीतिक दलका नेता, सामाजिक जीवनमा नाम चलेका व्यक्तित्वको सहभागिता पनि देखियो । कोरोना संक्रमणको जोखिमका बीच धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै गर्दा नेपालमा […]