‘सुनको लौरो’ झापा पुगेपछि विमानस्थल भन्सारमाथि उठ्यो प्रश्न, कर्मचारी भन्छन् हामीले थाहा पाएनौँ !

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले विमानस्थलको भन्सार पार गर्दै व्यवसायी दुर्गा प्रसाईँलाई ‘सुनको लौरो’ उपहार दिएपछि विमानस्थल स्थित भन्सार कार्यालयमाथि प्रश्न उठेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए । ‘उहाँ शनिबार बिहान त्रिवि […]

सम्बन्धित सामग्री

दुई महिनादेखि रिक्त त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा बराल

दुई महिनादेखिको प्रयासपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सहसचिव महेश बराललाई सरुवा गरिएको छ । कुनै समय सरुवा हुन प्रतिस्पर्धा हुने विमानस्थल भन्सार कार्यालय पछिल्लो समय सुन तस्करीका घटना बढ्न थालेपछि भन्सार प्रमुख बनेर जान कर्मचारी हिच्किचाइरहेका थिए ।

विमानस्थल भन्सार प्रमुख बनाउने सहसचिवको खोजी !

कुनै समय भन्सार सरुवा हुन कर्मचारीको हानाथाप हुने गर्‍थ्यो । भन्सार प्रमुख बन्ने व्यक्ति  होस् वा अन्य कर्मचारी सरुवाको ‘सिजन’ लागेपछि दौडधूप चल्थ्यो । उनीहरु शक्ति केन्द्र धाएर भएपनि भन्सारमा सरुवा गराउँथे । तर अहिले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख बन्ने सहसचिव खोज्नुपर्ने भएको छ ।

विमानस्थल भन्सार कर्मचारी आन्दोलित, सीआईबीले बिनाप्रमाण पक्राउ गरेको आरोप

काठमाडौं : सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मीहरू धमाधम पक्राउ पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरू बचाउमा उत्रिएका छन्। सम्पूर्ण कर्मचारीले आइतबार कार्यालय प्रमुखलाई माग पत्र बुझाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका निकायले सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरूले आज विरोधस्वरूप ३ घण्टा पेन डाउन गरेका छन्।प्रमुख भन्सार प्रशासक बुझाएको माग पत्रमा अर्थ मन्त्रालय, मुख्य सचिव, राजस्

सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार […]

विमानस्थल भन्सारका तीन कर्मचारी निलम्बन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी निलम्बनमा परेका छन् । हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि ३ जनालाई निलम्बन गरिएको हो । कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभागको भनाइ छ । भन्सार अधिकृत सन्तोष चन्द, […]

एक्सरेमा डिटेक्ट भएको थियो सुन, भन्सारका कर्मचारी भन्छन् – चिन्दै चिनेनौं

४ साउन, काठमाडौं । क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत हङकङबाट आएको ‘अटो पार्टस्’ लेखिएको कार्गो शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पुग्यो । मंगलबार दिउँसो २ बजेतिर सामानको भन्सार जाँच हुँदा रेडी ट्रेड प्रा.लि. नामको कम्पनीको नाममा मोटरसाइकल र स्कुटरको १६० सेट ‘ब्रेक शु’ ८ वटा प्याकेटमा आएको देखियो । विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख नारद […]

त्रिभुवन विमानस्थल भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी भएको छ । प्रारम्भिक चरणमा एक अर्बभन्दा बढी मूल्य बराबरको सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । पौडेलका अनुसार यसबारे तत्काल निर्णय गर्ने तयारी छ । यसका लागि अहिले आन्तरिक छानबिन भईरहेको छ । जाँच […]

एयरपोर्टका कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्री आलेले बोलाए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारी कुट्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई मन्त्रालयले बोलाएको छ । पर्यटनमन्त्री प्रेम आलेले मदिराले मातेर कर्मचारीमाथि हातपात गर्ने सीईओ रेग्मीलाई सोधपुछका लागि बोलाएका हुन् । ुमैले उहाँलाई मन्त्रालयमा बोलाएको छु, घटना के भएको हो भनेर उहाँसँग जानकारी लिन बोलाएको हुँ’ मन्त्री आलेले भने, ‘यो घटनालाई गम्भीरताका साथ लिएको छु ।’ उनले सोधपुछ गरिसकेपछि थप प्रक्रिया अगाडी बढ्ने पनि बताए । ‘सोधपुछ नै नगरी छानबिनको प्रक्रिया अगाडी बढाउने कुरा भएन, सुरुमा घटनाको विषयमा जानकारी लिएपछि छानबिन पनि हुन्छ’ मन्त्री आलेले भने ।बेलायतमा भएको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किने क्रममा ६ बोतल मदिरा ल्याएपछि भन्सारका नासु सुमन थापाले सोधपुछ गर्दा सीईओ रेग्मीले झाप्पड हानेका थिए ।सीईओ रेग्मीले मदिरा सेवन गरेको पाईएको विमानस्थल भन्सार कार्यालय स्रोतले जनाएको छ ।यसअघिःरक्सीले मातेका पर्यटन बोर्डका सीईओले एयरपोर्टमा कर्मचारी कुटे, घटना गुपचुप राख्न ‘सर्कुलर’

प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध […]