काठमाडौं : नेकपा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले दुईमहिने अभियानको घोषणा गरेको छ। आज बसेको खनाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले दुईमहिने अभियानको घोषणा गर्दै तल्लो तहसम्म जाने निर्णय गरेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए।
‘आगामी दुई महिनाका लागि पार्टी संगठन निर्माण र सुदृढीकरण लागि तल्लो तहसम्म जाने निर्णय गरेका छौँ।’ उनले भने, ‘हामीले ’नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने नाराका साथ दुई महिना अभ...