०७५ को अर्थतन्त्र : बाह्य क्षेत्र दबाबमा

निर्माण, उद्योग र उत्पादनमूलक क्षेत्रको आयात हिस्सा वृद्धि भइरहेकाले पनि सरकारले यसलाई 'सामान्य ज्वरो' को रूपमा लिइरहेको छ । निर्माण, उद्योग र उत्पादनमूलक क्षेत्रमा हुने आयात केलाउँदा खुसी नै हुनुपर्ने अवस्था भने देखिँदैन ।

सम्बन्धित सामग्री

देशको अर्थतन्त्र : बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै

काठमाडौँ- विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबाबमा रहेको देखिएको ...

देशको अर्थतन्त्र : बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै

काठमाडौँ- विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबाबमा रहेको देखिएको ...

मुलुकको अर्थतन्त्र : बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै

नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबाबमा रहेको देखिएको छ ।

प्रकाशशरणको दाबी : अर्थमन्त्री भएपछि अर्थतन्त्र सुधारेँ

८ फागुन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गरेका छन् । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेश गर्दै अर्थमन्त्री डा. महतले आफूले अर्थ मन्त्रालय सम्हालेपछि आर्थिक वृद्धि, स्रोतमाथिको चापको अवस्था र बाह्य क्षेत्र सुधार भएको दाबी गरेका हुन् । ‘हाल आर्थिक वृद्धिले […]

तरलताका आधारमा बैंक सबैभन्दा उत्तम अवस्थामा : बैंकर

विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसक्नु दुःखद पक्ष भएको बैंकरहरूले बताएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा)को आयोजनामा भएको एक कार्यक्रममा नेपाल बैंकर्स...

अर्थमन्त्री–गभर्नर टकरावले चेपुवामा अर्थतन्त्र

काठमाडौं । पछिल्ला बर्षदेखि मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लाग्दै आएको छ । बाह्य क्षेत्र बलियो बन्दै गएपनि आन्तरिक अर्थतन्त्रमा सुधारको गुञ्जायससम्म देखिएको छैन । वित्तीय क्षेत्रमा तरलतामा सुधार आउँदा समेत कर्जाको माग बढ्न सकेको छैन । शेयर बजार ओरालो लागेको लागेकै छ । निजी क्षेत्र मनोबल घट्यो भनेर दुःखेसो गरिरहेको छ । व्यवसायिक चक्रमा समस्या […]

बाह्य क्षेत्र सुधार्न गरेको कडाइले आन्तरिक अर्थतन्त्रमा मन्दी

७ चैत, काठमाडौं । आयात नियन्त्रण र रेमिट्यान्स वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएका बेला आन्तरिक अर्थतन्त्र भने मन्दीतर्फ गएको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कर्जाको अवस्था हेर्दा आन्तरिक अर्थतन्त्र मन्दीतर्फ गएको निष्कर्षमा पुगिने विज्ञहरु बताउँछन् । गत साउनदेखि माघ मशान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी […]

सुधारिंदै बाह्य क्षेत्र, शोधनान्तर बचत ४६ अर्ब पुग्यो

२९ पुस, काठमाडौं । आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) को बचत पनि बढ्दै गएको छ । शोधनान्तर घाटा चुलिंदै जाँदा अर्थतन्त्र बाह्य क्षेत्रको दबाब र तरलता दबाबलाई कम गर्न भन्दै चालिका कसिलो नीति क्रमशः खुकुलो बन्दै जाँदा बाह्य क्षेत्रमा सुधार भएको तथ्यांकहरु पनि राष्ट्र बैंकले सार्वजनिक गर्दै गएको छ । […]

अविलम्ब बाह्य क्षेत्र सुधार

कोरोनाका कारण अर्थतन्त्र शिथिल भए पनि केही सूचकहरू सकारात्मक रहेको अवस्थामा कोरोनाका त्रास घटेसँगै यसले अर्थतन्त्रमा पारेको असरहरू बाहिर देखिन थालेका छन् । अहिले आन्तरिक अर्थतन्त्र चलायमान भए पनि तरलताको समस्या दिनप्रतिदिन बढ्दो छ । अर्थतन्त्रको बाह्य क्षेत्र भने निकै असन्तुलित बन्न थालेको छ जसलाई समयमै सम्बोधन गर्न नसके मुलुक गम्भीर संकटमा फस्न सक्ने संकेत पनि देखापर्न थालेको छ । आईएमएफको कर्जाले ज्यादै कम समयका लागि मात्रै काम गर्छ । त्यसपछि यस्तो सहयोग निरर्थक हुन्छ । त्यसैले अर्थतन्त्र सुधार गर्ने हो भने अर्थतन्त्रको क्षमतालाई नै बढाउनुपर्छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक प्रतिवेदनमा नै बाह्य क्षेत्र निकै दबाबमा परेको जानकारी दिएको थियो । विदेशी विनिमय सञ्चिति घटेर ८.६ महीनाको वस्तु आयात तथा ७.८ महीनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा झरेको छ । यो सञ्चितिले तत्कालै समस्यामा पार्ने त देखिँदैन । तर, नेपालजस्तो विप्रेषणमा आधारित अर्थतन्त्रका लागि यो सञ्चिति खतराको सूचकचाहिँ मानिन्छ । अघिल्लो आवको यही अवधिमा कोरोनाका कारण आयात निर्यात प्रभावित थियो । त्यसो हुँदा विनिमय सञ्चिति पर्याप्त थियो । तर, अहिले यो क्रमशः घट्दै गएको छ । यसरी घट्दै जानुमा आयात बढ्नु नै हो । यस अवधिमा आयात ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब नाघेको छ । निर्यात पनि १०९.५ प्रतिशतले बढेको त छ र तर यसका आकार निकै सानो भएकाले व्यापारघाटा चुलिँदै गएको छ । विप्रेषण आप्रवाह पनि अघिल्लो आवको तुलनामा घटेको छ । सेवा व्यापारको अवस्था पनि उस्तै छ । अघिल्लो आवमा रू ११ अर्बभन्दा बढी सेवा व्यापारमा घाटा थियो अहिले त्यो बढेर रू. २३ अर्ब नाघेको छ । भ्रमण आय रू. ४ अर्ब नाघेको छ भने व्यय १५ अर्ब नाघेको छ । यसमा शिक्षातर्फको खर्च जोडिएको छैन । यसरी मुलुकमा विदेशी विनियम सञ्चितिमा ठूलो दबाब परेको छ । अर्थतन्त्रमा यस्तो संकट देखापरेपछि सरकारले अन्तरराष्ट्रिय वित्त निगम (आईएमएफ) सँग कर्जा लिन लागेको छ । यस्तो कर्जा अल्पकालीन हुन्छ र यो आपत्कालीन सुविधा हो । यसले नेपाल संकटमा फस्न लागेको बारे सरकार जानकार छ भन्ने देखाउँछ । तर, आसन्न संकटसँग लड्न कामचलाउ नीति होइन, दीर्घकालीन नीति आवश्यक पर्छ, जसका लागि सरकारले दरो पाइला चाल्नुपर्ने हुन्छ । तर, त्यस्तो छाँटकाँट सरकारमा देखिँदैन । भोलि कर्थकदाचित् यस्तो कर्जा तिर्न सकिएन भने मुलुक भयावह संकटमा फस्ने निश्चित छ । विदेशी विनिमयको समस्या समाधान गर्न आईएमएफसँग कर्जा लिएर तिर्न नसक्ने देशहरूको बिचल्ली भएको समेत पाइन्छ । नेपालले पनि यो पैसा तिर्न सकेन भने निकै अप्ठ्यारो अवस्थामा पुग्न सक्छ । अर्थतन्त्रमा अहिले देखिएको समस्या हठात् आएको होइन । कोरोना शुरू हुनुपूर्व नै पनि अर्थतन्त्र सकारात्मक गतिमा थिएन । कोरोनाको त्रासमय स्थितिमा पनि समस्या थियो तर त्यतिबेला विप्रेषण बढी भित्रियो र आयात निकै कम भयो । त्यसो हुँदा यो समस्या त्यति बेला नदेखिएको हो । सरकारले यस्तो अवस्था आउन सक्ने देखेर पनि बेलैमा सचेत नहु“दा अहिले समस्या चर्को भएको हो । विदेशी मुद्राको आगमन कम भयो । तर, त्यसलाई बढाउन पहल भएन सरकारले विदेशी ऋण लिएकै लिएको छ । तर, त्यसको शोधभर्ना लिन सकेको छैन । यसले गर्दा पनि विदेशी विनिमय सञ्चितिमा दबाब परेको हो । आईएमएफको कर्जाले ज्यादै कम समयका लागि मात्रै काम गर्छ । त्यसपछि यस्तो सहयोग निरर्थक हुन्छ । त्यसैले अर्थतन्त्र सुधार गर्ने हो भने अर्थतन्त्रको क्षमतालाई नै बढाउनुपर्छ । यो भनेको नेपालले विदेशी विनिमय भित्र्याउने प्रमुख क्षेत्र निर्यात तथा पर्यटनलाई बढाउनुपर्छ ।