चौधरी पक्राउको तरंग

 बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदवाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा व्यवसायी अरूण चौधरीलगायत तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रक्राउ गरी अनुसन्धान गरिरहेको छ । चौधरीको पक्राउले देशभर तरंग ल्याएको छ । एकातिर उद्योगी व्यवसायीहरूले राज्यले व्यवसायी पक्रेर आतंक मच्चाउन थालेको, लगानीको वातावरण बिगार्न आँटेको आरोप लगाएका छन् भने सर्वसाधारणले सरकारी जग्गा हिनामिनाको सही जाँचबुझ हुनुपर्ने बताएका छन् । अहिले अनुसन्धानकै चरणमा रहेकाले जग्गा हिनामिना भएको हो वा होइन, हो भने कोको जिम्मेवार छन् भन्ने कुरा खुलेको छैन । तथ्य जेजस्तो भए पनि चौधरी पक्राउ प्रकरणले उद्योगी व्यवसायीले आफ्नो व्यवसाय गर्दा निकै होश पुर्‍याएर काम गर्नु पर्ने तथ्य उजागर गरेको छ । देशभर सरकारी जग्गा लिजमा लिएर व्यवसायीहरूले व्यवसाय गरिरहेका छन् । त्यस्तै मुलुकले निजीकरण अभियान शुरू गरेपछि सरकारी उद्योग र जग्गासमेत निजीक्षेत्रले लिएको देखिन्छ । बाँसबारी जुत्ता कारखानाको जग्गा हडपेको अभियोग पनि यसै सन्दर्भसँग जोडेर चौधरी परिवारले सरकारी जग्गा कानूनी प्रक्रियाअनुसार नै लिएको दाबी गरेको छ । सीआईबीले भने ३ महिनासम्म अध्ययन गरेर दोषी देखिएपछि पक्राउ गरिएको दाबी गरेको छ । दुवै पक्षको भनाइ आआफ्नो ठाउँमा सही होलान् भन्ने ठानौं । तर, यसले नेपालमा सरकारी जग्गा व्यापक रूपमा हडपिएको तथ्यलाई भने उजागर गरेको छ ।  यसअघि नै सरकारले बालुवाटारको ललिता निवासको जग्गा हड्पेको विषयमा अध्ययन गरी विभिन्न व्यवसायी र कर्मचारीलाई पक्राउ गरेको थियो । तर, त्यो मुद्दाको अहिलेसम्म किनारा लाग्न सकेको छैन । त्यसैगरी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको विषयमा पनि अध्ययन गरेर सीआईबीले अभियुक्तहरूलाई पक्राउ गरेको थियो । यो मुद्दाको पनि अझै किनारा लागेको छैन । सुन तस्करीदेखि विभिन्न भ्रष्टाचार काण्डमा प्रहरीको सक्रियता देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अनुभूतिसम्बन्धी प्रतिवेदनले व्यापक भ्रष्टाचार हुने मुुलुकको सूचीमा नेपाल परेको देखाएको सन्दर्भमा सरकारले यस्तो तदारुकता देखाउनु सही नै हो । तर, सबैजसो मुद्दा नटुंगिँदा सरकारप्रति नै औंला उठेको छ । पूर्वदेखि पश्चिम सीमासम्मका सरकारी जग्गा कति हड्पिएका छन्, त्यसको लेखाजोखा सरकारसँग छैन । कतिपय जग्गा मन्त्रिपरिषद्को निर्णयबाट व्यक्तिको नाममा गएको छ । तर, यसलाई नीतिगत निर्णय भनेर छानबिन गर्ने गरिएको छैन ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गर्ने सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउने र व्यवसायी, नेता तथा कर्मचारी कसैलाई पनि नछाड्ने अभिव्यक्ति दोहोर्‍याएका छन् । तर, गृहमन्त्रीमाथि नै प्रश्न उठेको छ, उहाँ निकट नेताहरूलाई सरकारले कुनै कारबाही गरेको छैन । फरार भनिएका व्यक्ति खुला हिँड्दा पनि पक्राउ गरिएको छैन । यस्तो आरोप सही हो भने अहिलेको धरपडक सही नियतले भएको छैन ।  सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको छ । तर, यस्तो घटनाले लगानीकर्तालाई आश्वस्त तुल्याउला कि आशंकित तुल्याउला ? आरोप प्रमाणित भए पनि नभए पनि सम्भावित लगानीकर्तामाझ जाने सन्देश भने नकारात्मक नै हुने देखिन्छ । नेपालको ठूलो व्यावसायिक घराना नै यसरी सरकारी जग्गा हडप्ने कार्यमा संलग्न हुन्छ वा आरोप लाग्छ भने नेपालको कानूनी व्यवस्था र कार्यान्वयनमा प्रश्न उठ्छ । प्रश्न चौधरी पक्राउले होइन, तीन दशकभन्दा बढी ढिलो गरी छानबिन हुनु र आरोप लगाउनुले उठेको हो । यसो भन्नुको अर्थ नेपालको कानून कार्यान्वयन पक्ष निकै फितलो छ र त्यो व्यक्ति वा दलको प्रभावअनुसार हुन्छ भन्ने देखिन्छ । अर्को, सरकारी जग्गा हिनामिनाको घटना यो मात्र होइन, अन्य धेरै छन् । पूर्वदेखि पश्चिम सीमासम्मका सरकारी जग्गा कति हड्पिएका छन्, त्यसको लेखाजोखा सरकारसँग छैन । कतिपय जग्गा मन्त्रिपरिषद्को निर्णयबाट व्यक्तिको नाममा गएको छ । तर, यसलाई नीतिगत निर्णय भनेर छानबिन गर्ने गरिएको छैन । त्यसैले सरकारले सरकारी जग्गा निजीको नाममा गएका सबै घटनाको अनुसन्धान गर्नुुपर्छ र यो समस्यालाई सदाका लागि सल्टाउनुपर्छ । कहिले को व्यवसायी, कहिले को कर्मचारी पक्रिनेमात्र होइन सम्पूर्ण जग्गाको व्यापक अनुसन्धान गरिनु आवश्यक देखिएको छ । अनि मात्र बेथिति कम हुँदै जान्छन् । सरकारले ‘छोरी कुटेर बुहारी तर्साउने’ मनसाय राखेको होइन/छैन भन्ने कुरा अनुसन्धानको व्यवहारबाट देखिनुपर्छ । कुत्सित मनसाय मात्र हो भने सरकारका यस्ता कदमले औद्योगिक वातावरण बिगार्दै लैजान्छ । 

सम्बन्धित सामग्री

संसद्को पहिलो बैठकमा रवि, रञ्जिता र सीकेको मन्तव्यले ल्याएको तरंग

मधेसबाट उदाएको जनमत पार्टी, पश्चिम तराईबाट उठेको नागरिक उन्मुक्ति पार्टी र शहरी क्षेत्रबाट घण्टीको तरंग ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्‌मा पहिलोपटक आफ्नो मत राखेका हुन् ।

महाअभियोग निष्क्रिय भएपछि राजनीतिमा तरंग

काठमाडौं, मंसिर २२। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि गठबन्धन र सरकार ‘के गर्ने ?’ भन्ने अन्योलमा छन् । राणामाथि सत्ता गठबन्धन तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा […]

उम्मेदवारीले तरंग, जमानत जफत

पोखरा – नेपाली कांग्रेस कास्कीका पूर्वसभापति महादेव गुरुङले कास्की २ मा स्वतन्त्र उम्मेदवारी दिएपछि पाँचदलीय गठबन्धनमा तरंग पैदा भयो। पर्यटन राज्यमन्त्रीसमेत भएका गुरुङको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य बनाउने अफरसहित फोन गरे। देउवालाई महादेवले जवाफ फर्काए, ‘अगाडि बढिसकेँ फिर्ता हुन्न।’ कांग्रेस सभापतिसमेत रहेका देउवाले पोखरा आएको बेला भेट्न खोज्दा उनले ठाडै […]

आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोध्दा तरंग पैदा भयो : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका छन् । शुक्रवार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेश स्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका हुन् ।उनले आगामी १० दिनमा आयोगले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरूमा भूकम्प जानसक्ने आशंका व्यक्त गरे । प्रमुख निर्वाचन आय

एसपीपी सम्झौता प्रस्तावले तरंग

काठमाडौं, असार १ । अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यबाट नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । अमेरिकाले त्यतिबेला नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले […]

एसपीपी सम्झौता प्रस्तावले तरंग

राजधानी समाचारदाता काठमाडौं अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्य’bout नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । अमेरिकाले त्यतिबेला नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि […] The post एसपीपी सम्झौता प्रस्तावले तरंग appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री हेरफेरको एजेण्डाले सत्तारुढ दलभित्र तरंग

काठमाडौं । मन्त्री फेरबदलको एजेण्डाले सत्तारुढ दलहरुभित्र तरंग पैदा भएको छ । नेकपा एकिकृत समाजवादीले आफ्ना सबै मन्त्रीहरु फेर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफरिस गरेपछि अन्य पार्टीहरुमा पनि मन्त्री फेर्न दबाब बढेको छ । एकिकृत समाजवादीका बहालवाला मन्त्री तथा नयाँ प्रस्तावित मन्त्रीहरुबीच सम्बन्ध चिसिंदो छ । आजसम्म आफुले शपथ लिने एकिकृत समाजवादीका नेता मेटमणी चौधरी बताउनुहुन्छ […]

संसद्सम्म बालेनको तरंग

स्थानीय निर्वाचन, २०७९ को चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार बालेन्द्र शाहको तरंग संघीय संसदमा समेत पुगेको छ । शुक्रबार संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै सांसद तारा कुमारीले राजनीतिक मुद्रासँगै आर्थिक मुद्दामा राजनीतिक पार्टीहरू एक ठाउँमा आउन नसके अरु बालेनहरु पनि जन्मिने उनले बताइन् । ‘अहिले तपाई नेताहरुलाई खुब पोलेको होला नी । बालेन भन्ने फेरि को आयो ? यस्तै हो भने एउटा बालेन मात्र होइन अरु बालेनहर

पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग

पोखरा, बैशाख ९ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयररउपमेयरको टिकट छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई मेयरको टिकट दिन हुँदैन ।’ उनको यो अभिव्यक्तिले गण्डकी प्रदेशमा तरंग आएको छ । […]

अध्यादेश आशंकाले एमालेमा तरंग

काठमाडौं, भदौ १ । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल […]