स्थानीय निर्वाचन, २०७९ को चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार बालेन्द्र शाहको तरंग संघीय संसदमा समेत पुगेको छ । शुक्रबार संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै सांसद तारा कुमारीले राजनीतिक मुद्रासँगै आर्थिक मुद्दामा राजनीतिक पार्टीहरू एक ठाउँमा आउन नसके अरु बालेनहरु पनि जन्मिने उनले बताइन् । ‘अहिले तपाई नेताहरुलाई खुब पोलेको होला नी । बालेन भन्ने फेरि को आयो ? यस्तै हो भने एउटा बालेन मात्र होइन अरु बालेनहर