धनगढी : नेकपा एमालेमा आएको विभाजनसँगै नेता तथा कार्यकर्ताले कित्ता क्लियर गर्न थालेका छन्। एमाले छाडेर माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि नेताहरूले कित्ता क्लियर गर्न थालेका हुन्।विभाजनपछि सुदूरपश्चिमका अधिकांश नेताहरू एमालेमा रहँदा केही एकीकृत समाजवादीमा खुलेका छन्। सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्य र ६ सांसदले एमाले छोडेका छन्। ती मध्ये दुई केन्द्रीय सदस्य संघीय सांसदसमेत छन्।सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए। जसमा गरिमा शाह (कैलाली), र