भीम रावलले भने–’हामी एक/दुईदिनभित्रै कित्ता क्लियर गर्छौं, आजपनि छलफलमा छौं’

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एक/दुई दिनभित्रै आफूहरु कता लाग्ने भनेर कित्ता क्लियर गर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता रावलले यस्तो बताएका हुन् । उनले भने,‘हामी अहिले एकताको पक्षमा छौं । होमवर्क गरिरहेका छौं । एकतापक्षधर नेताहरुसँग छलफलमै छौं । आजपनि छलफल जारी छ ।’ […]

सम्बन्धित सामग्री

एमालेको माधव समूह आन्तरिक छलफलमा

न जुट्न न फुट्न सकेको नेकपा एमालेको माधव नेपाल समुह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ । पार्टीभित्रको विवाद कायमै रहेका बेला एकता कि विभाजन भनेर प्रष्ट लाइन नसमातेको यो समूहका वरिष्ठ नेता माधव नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल राखेका हुन् । एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले स्थायी कमिटीक