मुलुकमा कोरोना भाइरसको संक्रमण दर बढिरहेको बेला जुम्लाको प्रहरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सडकमा निस्किएको छ । प्रहरीले सदरमुकाम खलंगाका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डका अनिवार्य पालना गर्न आग्रह गरेको हो ।...
रुकुमपूर्व – जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले मास्क वितरण अभियान सुरु गरेको छ । बजार, बाटोमा मास्क नलगाई हिँड्ने सर्वसाधरणलाई मास्क वितरण गरेको हो । कोभिड–१९सङ्क्रमणलाई नियन्त्रण गर्न मास्क वितरण अभियान थालेको प्रनाउ श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार सदरमुकाम रुकुमकोटमा एक हजार मास्क वितरण गरिएको छ भने अन्य ठाउँमा प्रहरी युनिटमार्फत मास्क वितरण गरिने छ। […]
जिल्ला प्रहरी कार्यालय दैलेखले पटक–पटक मास्क लगाउन आग्रह गर्दासमेत अटेरी गरी मास्क नलगाउने कारबाहीमा परेका छन् । दैलेख प्रहरीले यही माघ ५ गतेदेखि ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरी कोरोना संक्रमणबाट वच्न मास्क लगाउन चेतावनी दिँदा पनि अटेरी गरी मास्क नलगाउने व्यक्तिहरूलाई कारबाही स्वरुप एक सय जरीवाना गरेको हो ।जिल्ला प्रहरी कार्यालय र नेपाल […]
कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान सञ्चालन गरिएको छ। प्रहरी र स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गर्दै र्याली गरेका छन्। तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र अधिकारवादी संघ–संस्थाहरुले शनिबा...
उदयपुर– जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको ३८ वटै प्रहरी युनिटबाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले […]
सुर्खेत महिला जेसीजले प्रहरीलाई मास्क र सेनिटाइजर दिएको छ। कोरोनाको दोस्रो लहरका कारण जारी निषेधाज्ञा कार्यान्वयनमा चोकचोकमा खटिने प्रहरीको सुरक्षाका लागि मास्क र सेनिटाइजर प्रदान गरेको सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङले बताइन्।...
१४ वैशाख, डोटी । मुखमा मास्क र एक हातमा ‘तपाईंको मास्क खोई ?’ लेखिएको प्ले कार्ड बोकेका ट्राफिक प्रहरी अर्को हातले मास्क लगाउन ईशारा गर्दैछन् । उनी भौतिक दूरी काम गरेर हिंड्न समेत आग्रह गर्दैछन् । जिल्ला ट्राफिक कार्यालय कैलालीले धनगढीमा ‘तपाईंको मास्क खोई ?’ अभियान चलाएपछि ट्राफिक प्रहरीहरु सडकमा यसरी देखिएका छन् । दोस्रो […]
काठमाडौं। मास्क लगाएर नहिड्नेलाई प्रहरीले कारबाही गर्ने अभियानलाई तिब्रता दिएको छ। नेपाल प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले देशभर नै मास्क नलगाएर हिड्नेलाई सम्झाइबुझाइ गर्ने, मास्क वितरण गर्ने र नमान्नेलाई ५० रुपैयाँसम्म जरिवारना गर्ने काम भइरहेको बताए। प्रहरीले बढी कोरोना प्रभावित जिल्लासँगै अधिकांश जिल्लामा 'तपाईंको मास्क खै? अनिवार्य मास्क लगाउनु है' अभियान चलाइएको उनले बताए।
मास्कको प्रयोग गरि आफू पनि बचौँ अरुलाई पनि बचाऔं ।
तस्वीर:जिप्रका महोत्तरीका प्रहरीकर्मचारीहरु कोरोनाको संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न सिकाउँदै। प्रहरीले मास्क वितरण र प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम,मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गर्नेलाई कारवाही समेत गरिरहेको छ ।
मास्कको प्रयोग गरि आफू पनि बचौं अरुलाई पनि बचाऔं
तस्वीर:जिप्रका महोत्तरीका प्रहरीकर्मचारीहरु कोरोनाको संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न सिकाउदै।
प्रहरीले मास्क वितरण र प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम,मास्क नलगाई सार्वजनिक स्थानमा आ...