पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताउनुभएको छ । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको शनिबार अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो । पूर्वराष्ट्रपति डा यादवले शिक्षामा सबैको पहुँच पुर्याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न …