डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्ने बताएका छन् । जिल्लाको शिखर नगरपालिका–६ स्थित हरिहर माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा हिजो (बिहीबार) उनले अहिलेको आवश्यकता भनेको प्राविधिक शिक्षा भएकाले सबै विद्यालयमा अनिवार्य प्राविधिक विषय पढाइनुपर्ने बताए । उनले भने, ‘आजको समाज प्रविधिमय भइसकेको छ, डिग्री गरेका युवा बेरोजगार […]