सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्ने बताएका छन् ।
डोटी जिल्लाको शिखर नगरपालिका–६ स्थित हरिहर माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बिहीवार उनले अहिलेको आवश्यकता भनेको प्राविधिक शिक्षा भएकाले सबै विद्यालयमा अनिवार्य प्राविधिक विषय पढाइनुपर्ने बताए ।
उनले भने, ‘आजको समाज प्रविधिमय भइसकेको छ, डिग्री गरेका युवा बेरोजगार छन् । रोजगारीमूलक प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्छ, अब बालबालिकालाई विद्यालयमै प्राविधिक शिक्षा दिनुपर्छ ।&rsq...