जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ९ कालेकाडाँकी एक किशोरी ४ वर्षदेखि थला परेकी छन्। १६ वर्षे मनपुरा भाट ४ वर्षअघि बिरामी भएपनि आर्थिक अवस्था कमजोर भएपछि उनको अहिलेसम्म उपचार हुन सकेको छैन।
समयमा उपचार हुन नसक्दा अहिले हात खुट्टा नचल्ने अवस्थामा छन्।