कर्णाली प्रदेश : राप्रपा तटस्थ  बस्ने, मुख्यमन्त्रीलाई हम्मे

दैलेख : आज विश्वासको मत लिने तयारीमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पक्ष वा विपक्षमा राप्रपाले मतदान नगर्ने भएको छ। राप्रपाले केन्द्रको  निर्णयअनुसार प्रदेशमा पक्ष वा बिपक्षमा मतदान नगर्ने निर्णय भएको राप्रपा कर्णालीले जनाएको हो।राप्रपा कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य दीपबहादुर शाहीले भने, 'पार्टी केन्द्रको निर्णयअनुसार हामी कर्णालीमा प्रदेश सरकारको पक्ष वा विपक्षमा मतादान गर्दैनौं।'कर्णाली प्रदेश सभामा ४० जना सांसद रहेकामा एमालेतिर लागेका माओवादीका सां

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशसभाको बर्खे अधिवेशनको आह्वान गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको हो। प्रदेश सरकारको माग बमोजिम प्रदेश प्रमुख तिलक परियारले नेपालको...

एमाले कर्णाली प्रदेश सरकारबाट नबाहिरिने

कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल नेकपा एमाले नबाहिरिने भएको छ ।

कर्णाली प्रदेश सभाको पहिलो बैठक बस्दै

कर्णाली प्रदेश सभाको बैठक आज सोमबार बस्न लागेको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको हो। पुस १३ गते प्रदेश प्रमुख तिलक परियारले प्रदेश...

कर्णाली प्रदेश सभा बैठक सत्तापक्ष दलबाटै बहिष्कृत

कर्णाली प्रदेश सभाको बैठक सत्ता साझेदार माओवादी केन्द्रले बहिष्कार गरेको छ। मंगलबार बसेको कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको छब्बिसौँ बहिष्कार गरेको हो। कर्णालीमा कांग्रेस नेतृत्वमा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता साझेदार...

कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस

कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस भएका छन् । बैठकमा कर्णाली प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी अध्यादेश, ०७८ तथा कर्णाली...

धाविका सुनमायालाई कर्णाली प्रदेश सरकारको सम्मान

अल्ट्रा म्याराथन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सोमबार सम्मान गरेको छ । थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी बुढालाई कर्णाली प्रदेश सरकारले सम्मान गरेको हो । सोमबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर आएकी बुढालाई भएकी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्मान गरेका हुन् । बुढालाई सुर्खेत विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो । ११० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगितामा बुढाले दुई हजार प्रति

धाविका सुनमायालाई कर्णाली प्रदेश सरकारद्वारा सम्मान

अल्ट्रा म्याराथुन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सोमबार स्वागत तथा सम्मान गरेको छ। थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगीतामा महिलातर्फ प्रथम भएकी बुढालाई कर्णाली प्रदेश सरकारद्वारा स्वागत तथा सम्मान...

माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ भोलि

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा भोलि ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ सुरु हुनेछ । सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश […]

कर्णाली प्रदेश मासुमा आत्मनिर्भर

कर्णाली प्रदेश मासुमा आत्मनिर्भर बनेको छ । पछिल्लो समय पशुपालन व्यवसायमा आकर्षण बढ्न थालेपछि कर्णाली प्रदेश मासुमा आत्मनिर्भर भएको हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी विकास निर्देशनालयका अनुसार कर्णाली प्रदेशले खसीबोका, भेडालगायत निर्यातसमेत गर्ने गरेको छ ।प्रदेशलाई पुग्ने मासु उत्पादन भएर पनि भेडाच्याङ्ग्रा निर्यात हुने गरेको निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले […]

कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

कर्णाली, १ साउन: कर्णाली प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसबमोजिम बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको […]