अमेरिकालाई उछिन्दै चीन बन्यो संसारको सबभन्दा धनी मुलुक

मककिन्से यान्ड कम्पनी नामक संस्थाले प्रकाशन गरेको नयाँ प्रतिवेदनले चीन संसारको सबभन्दा धनी मुलुक बनेको देखाएको छ ।  विगत दुई दशकमा विश्वव्यापी धन तीनगुणा बढेको र चीन धनीको अग्रणी स्थानमा रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।  संसारको आयमध्ये ६० प्रतिशतभन्दा बढी भाग ओगट्ने १० मुलुकका राष्ट्रिय ब्यालेन्स शीट जाँच गरेर मककिन्सेले उक्त निष्कर्ष निकालेको हो ।  चीनको सम्पत्ति सन् २००० मा ७० खर्ब डलर रहेकोमा अहिले १२०० खर्ब पुगेको छ ।  अमेरिकाको सम्पत्ति चाहिँ त्यही अवधिमा दोब्बरभन्दा बढी पुगेको छ । ...