काठमाडौं, १३ फागुन । प्रहरी भर्नाको विज्ञापन खुलाएको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले दुबै पक्षलाई आगामी फागुन १५ गते छलफलका लागि बोलाएको हो । संघीय सरकारले ठुलो संख्यामा प्रहरी भर्नाको विज्ञापन खुलाएको विरुद्ध मधेश सरकारले सर्वोच्चमा मुद्दा दायर गरेको थियो […]