अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा आफूलाई कुनै पश्चाताप नभएको बताएका छन्। उनले अफगानिस्तानका नेताहरूलाई एकजुट हुन आग्रह गर्दै आफ्नो मुलुकका लागि लड्न पनि आग्रह गरेका छन्। २० वर्षसम्म अफगानिस्तानमा सैन्य अभियान चलाएपछि अमेरिकाले आफ्ना सैनिक अहिले धमाधम फिर्ता गरिरहेको छ। अमेरिकी सैनिक फिर्ता भएपछि अहिले अफगानिस्तानमा तालिबानले आफ्नो उपस्थिति बढाउँदै लगेको छ र प्रान्तीय राजधानीहरू नै कब्जा गरिरहेको छ। अफगानी सुरक्षाबल र तालिबानीहरूबीच अहिले देशका विभिन्