समाजवादी केन्द्र बनाउने भन्दै तत्कालीन नेकपा बहुमत सचिवालय सदस्य सहित जनता समाजवादी पार्टी(जसपा) बाबुराम पक्ष छलफलमा जुटेका छन् । तर समाजवादी केन्द्र बनाउने बहस कागजमा जति तातेको छ, वास्तविकतामा भने त्यो प्रक्रिया निकै सुस्त गतिमा अघि बढिरहेको छ । चार पार्टीहरू आ–आफ्नै अडानमा रहेकाले समाजवादी केन्द्र बनाउने विषयले मूर्त रूप लिन नसकेको नेताहरूले बताएका छन् । केन्द्र बनाउने विषयले मूर्त रूप लिन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी