काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह विजयी

बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् ।

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी आयोजनाको निरीक्षणमा प्रकाशमान सिंह

काठमाडौं, १५ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद प्रकाशमान सिंहसहितको टोली मेलम्ची खानेपानी आयोजनास्थल निरीक्षणमा पुगेको छ । डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त आयोजनास्थलबाट हिउँद लागेसँगै काठमाडौंमा पानी पठाउने तयारी भएपछि प्रकाशमानसहितका जनप्रतिनिधि त्यहाँ पुगेका हुन्। बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका उनीहरुले त्यहाँ भइरहेको कामको प्रगतिबारे पनि जानकारी लिएका छन् । त्यसक्रममा सिंहले […]

धन्यवाद ज्ञापनका लागि दलबलसहित सडकमा निस्किए प्रकाशमान(फोटोफिचर)

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह धन्यवाद ज्ञापनका लागि सडकमा निस्किएका छन् । उनी शनिबार बिहान आफ्ना दलबलसहितका कार्यकर्ता लिएर सडकमा निस्किएका हुन् । गाडिको पछाडि उभिएका...

काठमाडौंमा कांग्रेसले खोल्यो खाता

कांग्रेसले काठमाडौंमा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी भएसँगै कांग्रेसले काठमाडौंमा खाता खोलेको हो ।  सिंहले जम्मा एक सय २९ मतले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित...

मलाई प्रधानमन्त्री हुनुपर्‍यो भनेर अधिकांशको अनुरोध छ : प्रकाशमान सिंह

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका कांग्रेस नेता प्रकाशमान सिंहले आफूलाई अधिकांशले प्रधानमन्त्री हुनपर्‍यो भनेर अनुरोध गरेको बताएका छन्। मध्यबानेश्वरमा बुधवार चुनावी घरदैलोको क्रममा सिंहले उक्त भनाइ राखेका हुन्। ‘मलाई प्रधानमन्त्री हुनुपर्‍यो भनेर अधिकांशको अनुरोध छ,’ सिंहले भने। काठमाडौं १ मा आफूले प्रशस्त विकास गरिसकेकोले यसपटक घरदैलोमा…

मेलम्चीको पानी चाँडै ल्याउने कोशिश भइरहेको छ :  प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना गर्नु रहेको बताएका छन्। काठमाडौं १ मा घरदैलो कार्यक्रममा सिंहले आफ्नो...

मेरो जीत सुनिश्चित छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता रहेका सिंहले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित रहेको बताएका हुन्। शुक्रबार बिहान घरदैलो कार्यक्रममा उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई आधार मानर अघि बढिरहेको दाबी गरे। उनले संविधान कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको बताए।‘आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्

स्वतन्त्र उम्मेदवार धेरै भएपनि मतदाताले मलाई नै रोज्छन्  ः प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूबिरुद्ध  धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरु खडा भएपनि स्थानीयहरुको कामका लागि आफू नै योग्य रहेको बताएका छन् । बुधबार...

काठमाडौं १ मा एमालेका किरण पौडेलले गरे मनोनयन दर्ता

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नेकपा एमालेका युवा संघका अध्यक्ष किरण पौडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।