सिमकोट – कांग्रेसको तल्लो संरचना वडा अधिवेशन सम्पन्न हुँदा पचास प्रतिशत युवा नेतृत्वमा आउन सफल भएका छन्। कांग्रेस सधैँ बुढाखाडाको पार्टी भन्ने चर्चा चलिरहेका बेला १४ औँ महाधिवेशनअन्तर्गत तल्लो तहको नेतृत्व चयनमा युवा पुस्ताको आर्कषण बढेको हो। सिमकोट गाउँपालिका–५ का वडा सभापति कुल रावतले अन्य आकांक्षी धेरै भए पनि आफू नेतृत्वमा आउन सफल भएको बताए। […]