काठमाण्डौ – भिजिट भिसामा विदेश घुम्न जानेहरूले अब टिकट काट्नुअघि नै अध्यागमन विभागबाट अनुमति लिन पर्ने भएको छ । गृह मन्त्रालयले गएको साउन ३० गते मन्त्री स्तरबाट स्वीकृति गरेको पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ ले यस्तो व्यवस्था गरेको हो ।
यो कार्यविधिले गरेका व्यवस्थाहरू गृह मन्त्रालयबाट कार्यविधि स्वीकृति भएको ६० दिन अर्थात् आउँदो कात्तिक महिनादेखि लागू हुनेछ । पहिलो चरणमा खाडीका देशहरू, मलेसिया, अफ्रिकी देशहरू तथा दक्षिण अमेरिकी देशमा पर्यटक भिसामा जाने नेपालीका लागि यसले गरेको व्...