वैदेशिक रोजगार विभागले भोलिबाट अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनबाट मात्र श्रम स्वीकृति दिने निर्णय गरेको छ ।
विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) स्थगन गर्ने निर्णय गरिएको विभागले जनाएको हो ।
सरकारले दोस्रो चरणको कोभिड-१९ को सँक्रमणको व्यापकताको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निणय गरिसकेको छ । सरकारले काठमाडौं उपत्यकामा वैशाख २९ गते सम्म लक...