सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्यकर्मीलाई मातृ तथा नवजात शिशुसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ। सन् २०३० सम्म सरकारले राखेको मातृ तथा नवजात शिशुको रोडम्याप पूरा गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको हो। स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले तय भएको लक्ष्य पूरा गर्न सात वटै गाउँपालिकाका स्वास्थ्य संयोजक र सहसंयोजकलाई प्रशिक्षक प्रशिक्षण तालिम […]