योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु

काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिकाले आजदेखि योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएका ‘महानगरः स्वर्णिम योजना’ अन्तर्गत स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडावडामा, टोलटोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालिएको हो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीकाअनुसार एक समूहमा ३० जना राखेर […]

सम्बन्धित सामग्री

तम्घासमा योग प्रशिक्षणको तयारी

पतञ्जली योग समिति गुल्मीले योग प्रशिक्षक तयार पार्ने उद्देश्यले योग प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । ‘घर–घरमा योग जन–जनमा योग’ भन्ने मुख्य नाराका साथ सदरमुकाम तम्घासमा ११० घण्टा भौतिक योग कक्षा सञ्चालन गर्न लागिएको पतञ्जली योग समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।

कैदीबन्दीलाई योगासँगै फलफूल वितरण

काठमाडौँ,७ फागुन । प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण गराइएको छ । योग प्रशिक्षक गोविन्द खडायतको अगुवाइमा कारागार बन्दीगृहभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई १० दिने योग प्रशिक्षण आजदेखि सुरु गरिएको हो । कैदीलाई स्वस्थ र विभिन्न प्रकारका मौसमी फलफूल वितरण गरेको भागेश्वर गाउपालिका–४ का वडाअध्यक्ष वासुदेव चटौतले बताए। कारागार कार्यालयको बन्दीगृहमा नौ […]

मेरो माइक्रोफाइनान्सको दुई दिवशीय समीक्षा गोष्ठी सम्पन्न

चैत ८, काठमाडौं । मेरो माइक्रोफाइनान्सले दुई दिवशीय शाखा प्रबन्धहरुको समीक्षा गोष्ठी चितवनमा सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल लगायत अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ । संस्थाका विभागीय प्रमुखहरुले सहजिकरण गरेको उक्त गोष्ठीमा अनुगमन अधिकृतहरुले शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती तथा रणनीतिहरुको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ति गर्ने प्रतिवद्धता जनाएका थिए ।  प्रशिक्षण कार्यक्रममा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले ग्राहक सेवाको गुणस्तर अभिवृद्धि, नयाँ प्रडक्ट, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा बैंकिङ सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रीत रही प्रशिक्षण दिएका थिए । अर्का प्रशिक्षक जीवन विज्ञानका विशेषज्ञ एल पि भानु शर्माले मानव जिवनलाई बाच्नका लागि आत्म शान्ति अत्यन्त जरुरी छ । त्यसैले खुशीले बाँच्नुस्, हाँस्नुस् र रमाउनुस्, योग, ध्यानमा केही समय खर्चनुस् । जसले कार्य सम्पादनमा निखार तथा सुधार ल्याउने र सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने उनले बताए । समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले विगतको असहज परिस्थितिको सामनाबाट टाढा भएता पनि प्रतिस्पर्धी बाताबरणमा दिगो र गुणात्मक सेवा प्रवाह गर्न कर्मचारीहरुको महत्त्वपूर्ण जिम्मेवारी रहने भएकोले रतिभर बिचलित नभइ अघि बढ्न आह्वान गरे । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ६४ जिल्लामा १५० शाखा सञ्जालमार्फत करीब एक लाख ८० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्‍याइरहेको छ ।

योग र आयुर्वेदबारे प्रशिक्षण, सर्वसाधारणलाई लाभ

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा २ दिनसम्म चलेको जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारणले लाभ उठाएका छन् ।  ‘अपनाऔं आयुर्वेदिय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौं स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ नारासहित सञ्चालित प्रशिक्षणमा १०० भन्दा बढी सहभागी थिए । स्थानीय घुम्टे युवा परिवारसँगको सहकार्यमा धवलागिरि आयुर्वेद औषधालयले आयोजना गरेको प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक एवं योग प्रशिक्षक सरोजकुमार रायले योग र ध्यानबारे प्रशिक्षित गरेका थिए । रायले योगका विभिन्न आसनको अभ्या...

काभ्रेका शिक्षक र विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा

काभ्रे, १४ बैशाख । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ । केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा प्रवीणकुमार यादव, योग प्रशिक्षक क्षेत्रबहादुर तामाङ आयुर्वेद चिकित्सक डा समीक्षा न्यौपाने लगायतले प्रशिक्षण दिएको थियो। विशेषगरी […]

कैलाली कारागारभित्र योग प्रशिक्षण

धनगढी : जिल्ला कारागार कैलालीमा योग प्रशिक्षण थालिएको छ। कारागारभित्र रहेका कैदीबन्दीलाई लक्षित गर्दै (आज) सोमबारदेखि योग प्रशिक्षण शिवरि सुरु गरिएको हो। आजबाट सुरु गरिएको प्रशिक्षणमा करिब १ सय जना कैदीबन्दीको सहभागिता रहेको योग प्रशिक्षक श्यामराज श्रेष्ठले बताए। बिहान ६ बजेदेखि ८ बजेसम्म योगको समय तोकिएको छ। योग शिविरको अवधि पाँच दिन रहेको उनले बताए। कैलाली कारागारमा जम्मा ३०० को हाराहारीमा कैदीबन्दी छन्। कारागारको ३ ब्लकमा रहेका महिला तथा पुरुष बन्दीहरुलाई प्रशिक्षण दिइने छ