काठमाडौँ – संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघीयतासम्बन्धी आफैले तय गरेको रोडम्यापअनुसार समेत नहिँडेको भन्दै असन्तुष्टिसमेत जनाएको छ। २०७५ साल मंसिर २४ गते आफैले बनाएको संघीयतासम्बन्धी २९ बूँदे रोडम्यापसमेत कार्यान्वयनमा सरकार र […]